चैत्र १०
रवि लामिछाने र बालेन्द्र शाहबीच मन्त्रीहरूको सूची बनाउन निरन्तर छलफल भइरहेको छ । जसमा योग्यताको आधारमा छनोट गरिने बताइएको छ।
मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र सुशासनका लागि पुराना राजनीतिक नियुक्तिहरू हटाउने नीति लिइएको छ। रास्वपाले १३ चैतमा बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य नेताहरूलाई मन्त्रीको शपथ गराउने तयारी गरेको छ।
एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै दिखेनुहुन्छ । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर भावी प्रधानमन्त्री शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ ।
शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । ‘१३ जना प्रत्यक्षबाट नै निर्वाचित भएर आएका छन् भने ५७ जना समानुपातिकबाट सांसद बनेका छन् । ३–४ जना महिला मन्त्री बन्ने पक्का छ, कसलाई बनाउने भन्नेबारे परामर्श जारी रहेको बताईएको छ ।
मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेताहरू बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ ।
सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो । त्यसयता लामिछाने र शाहबीच छलफल जारी छ ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले मन्त्रीहरूका विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको बताउनुभयो । ‘कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेका छन्, निष्कर्षमा पुगेको अवस्था छैन,’ उनले भने, ‘मन्त्रालय १५ देखि १८ बीचमा हुने कुरा छ ।’
रास्वपा प्रवक्ता मनीष झाले प्रधानमन्त्रीसँगै सबै मन्त्रीले शपथ लिने र तत्कालै काममा लाग्ने गरी छलफल चलिरहेको बताउनुभयो । ‘मन्त्री बन्ने सांसदको व्यक्तित्व, पृष्ठभूमि, अनुभवका आधारमा सभापति र वरिष्ठ नेतालगायत शीर्ष नेतृत्वले छलफल गरिराख्नुभएको छ, त्यसकै आधारमा निर्णय हुन्छ,’ उहाले भन्नुभयो ।
लामिछाने र शाहबीच सरकारका सुरुवाती प्राथमिकता र निर्वाचनअघि पार्टीले जनतामाझ वाचापत्रमा प्रस्तुत गरेका योजना कार्यान्वयनका बारेमा पनि छलफल भइरहेको छ । सुशासनका लागि चाल्नुपर्ने कदम, मन्त्रालयहरूमा गर्नुपर्ने सुधारलगायतका विषयमा गृहकार्य भइरहेको छ ।
रास्वपाले संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । १२ चैतमा सांसदले शपथ लिएपछि रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार संसदीय दलको नेता र विविध विषयमा छलफल गर्न १२ चैत साँझ ४ बजे बैठक बोलाइएको हो ।
रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेतामा चयन गर्दै छ । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्र १ सय ८२ सांसद छन् ।

