पुजा हलुवाई
तुलसीपुर,३ चैत
तोरण चम्पा स्मृतिगन्थ्रको मंगलबार तुलसीपुरमा लोकार्पण गरिएको छ । नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले लोकार्पण गर्नुभएको हो । शैक्षिक,सामाजिक,ब्यबसायीक र राजनीतिक क्षेत्रमा बिशिष्ठ योगदान पुरयाउनु भएका घोराही निवासी तोरणध्वज श्रेष्ठ र उहाँकी धर्मपत्नी चम्पादेवि श्रेष्ठको स्मृतिग्रन्थ प्रकाशक दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर र उहाँको छोरा डाक्टर अरुणकुमार श्रेष्ठ तथा परिवारको आयोजनामा लोकार्पण गरिएको हो ।
उक्त स्मृतिग्रन्थ ४ सय पेजको रहेका छ भने ३ खण्डमा राखिएको छ । खण्ड क मा आलेख,खण्ड ख मा कबिता खण्ड र खण्ड ग मा अग्रेजी खण्ड रहेका छन् । त्यस्तै खण्ड क आलेखमा १०८ वटा शिर्षकमा सामाग्री समाबेश गरिएको छ । लोकार्पण कार्यक्रममा सम्बोधन गर्नुहुदै प्राध्यापक डाक्टर नेपालले मान्छे पद र सुबिधाबाट ठुलो मान्छे बन्न सक्ने तर असल मान्छे बन्नका लागि निकै ठुलो योदान र त्याग हुनुपर्ने बताउनुभयो । त्यसको उदाहरणमा तोरणध्वजलाई आफुले समाजमा असल मान्छेको रुपमा स्थापीत गर्न सफल ब्यक्तिको रुपमा पाएको बताउनुभयो ।
बिश्वबिद्यालयका कुलसचिव माधव प्रसाद अधिकारीले स्मृतिग्रन्थ प्रकाशन गर्न आफैमा चुनौति पूर्ण रहेको बताउनुभयो । उहाँले आफ्ना पीताजीको स्मृतिग्रन्थ प्रकाशन गर्दाबखतको सामना गरिएको चुनौतिको बारेमा सुनाउनुभयो ।
दाङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले तोरणध्वजले नीजि क्षेत्रको बिकासमा पुरयाएको योगदानको चर्चा गर्नुभयो ।
पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेतले तोरणध्वज श्रेष्ठलाई सामाजिक, धार्मिक श्रेत्रको बिकासमा बिशिष्ट योगदान पुरयाएको ब्यक्तिको रुपमा समेत चिन्न सकिने बताउनुभयो । त्यसबाहके उहाँले दाङको शैक्षिक बिकास,नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा पुरयाउनु भएको योगदानको बारेमा समेत चर्चा गर्नुभयो ।
समिक्षक प्राध्यापक डाक्टर हिमलाल पन्थीले संरक्षक डाक्टर अरुणकुमार श्रेष्ठ , प्रधान सम्पादक ध्रुव आचार्य, सदस्यहरु नवराज रजौरे,दीपक कुमार आचार्य, डिल्लीराज श्रीधर, डाक्टर लोकराज पराजुली र श्रीधर शर्माको सम्पादक मण्डलको भूमिका रहेको तोरण चम्पा स्मृतिग्रन्थको समिक्षा गर्नुभएको थियो ।
त्यस्तै अर्का समिक्षक श्रीधर शर्माले लेखक डाक्टर अरुण कुमार श्रेष्ठले प्रकाशन गर्नुभएको योग एवम जीवनपयोगी आयामहरु बिषयक प्रस्तकको समिक्षा गर्नुभएको थियो ।
सम्पादक मण्डलका सदस्य दीपक कुमार आचार्यले स्मृतिग्रन्थमा प्रकाशन कबि तोरण चम्पा स्मृति नामक कबिता वाचन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधरले र सञ्चालन स्मृतिग्रन्थका प्रधानसम्पादक ध्रुव आचार्यले गर्नुभएको थियो ।

