प्रतिनिधि सभा निर्वाचन २०८२ को बुटवलमा संवाद मञ्चमा समिक्षा

बुटवल,२ चैत

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ का बारेमा बुटवलमा समिक्षा गरिएको छ । सोमबार संवाद समुह लुम्बिनी प्रदेशको आयोजनमा गरिएको कार्यक्रममा सहभागिहरुले बिगतका निर्वाचनको भन्दा यसपटक केही ब्यबस्थीत भएको जनाएका थिए । तर दलहरुले निर्वाचनमा सार्वजनिक गरिएको आफनो घोषणा पत्रलाई निर्वाचनको परिणाम पछि सामाजिक परिक्षण गर्नुपर्ने बताएका हुन । निर्वाचनका बखत बिभिन्न प्रकारका प्रलोभन र अपेक्षा बाटिएको हुन्छ तर निर्वाचनको मतपरिणाम प्राप्त पछि ति सबै हराउने भएकाले अव नागरिक माझ सोसल अडिट गराउनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँले मतदान स्थलको सहि ढंगले छनौट गर्नुपर्ने सुझाब समेत दिनुभयो । निर्वाचन कार्यालय बुटवलका प्रतिनिधि ओम पाण्डेले बिद्युतीय मेसनको प्रयोग ल्याउदा निर्वाचन स्वच्छ,निष्पक्ष,बिश्वसनीय र मर्यादीत मात्र नभई अपाङगता भएका ब्यक्तिका लागि सहज हने बताउनुभयो । बिद्युतीय मेसीनको प्रयोगले बदर मतको संख्यामा कमि हुने बताउनुभयो । नवयुवा पुस्ताका अंकित घिमिरे र शंकर भुषालले नागरिकले सामाजिक सञ्जाल मार्फत दिएको अभिब्यक्ति माथि दलहरुबाट अशिष्ट र अभ्रद ब्यबहार प्रदर्शन गर्ने गरेको बताउनुभयो । नेपाली काग्रेसका रिता सेन र नेकपाका प्रतिनिधि महेन्द्र भुषालले राजनीतिक दलहरु बिच सहिष्णुता कायम हुनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा दृष्टिीबिहीन रञ्जीता रेग्मी, निर्वाचन परिबेक्षक टंक प्रसाद पोख्रेल, प्राध्यापक जितनारायण अधिकारी, अधिबक्ता गोबिन्द मरासीनि,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, स्थानीय सरकार सबलिकरण कार्यक्रमका चुडामणी पोख्रेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, अभियान्ता मनु खडका,सन्ध्या केसी,अरुणा श्रेष्ठ लगायतले मतदाता शिक्षा र सुचनाको अभावमा कयौ मतदाताको नामावली छुटेको बताउनुभयो । उहाहरुले बालबालिकालाई समेत निर्वाचनमा प्रयोग गरिएको पाईएको बताउनुभयो । जुन बिद्यालयलाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएको छ , त्यस बिद्यालयलाई समेत कानुन बमोजिम कारबार्ही गर्नुपर्ने सुझाब दिनुभयो । राजनीतिक दलहरुले सञ्चालनमा राखिएको सहयोगी हेल्प डेक्स सञ्चालन गर्न दिन नहुने, सरकारी स्वयम सेवक परिचालन गर्नुपर्ने बताउनुभयो ।

संवाद समुहले निर्वाचन अघि बुटवलमा लुम्बिनी प्रदेशका त्यस आपस जिल्लाका नागरिक समाज,राजनीतिक दल,नव युवाहरु, नेपालगन्जमा बाँके र बर्दिया तथा दाङको तुलसीपुरमा रुकुमपूर्व,रोल्पा,प्युठान लाई केन्द्रीत संवाद सञ्चालन गरेको थियो । निर्वाचन पछि चैत २ गते बुटवल र क्रमश नेपालगन्ज र दाङमा निर्वाचनमा भएका सकारात्मक पक्षको पहिचान र सुधार गर्नुपर्ने पक्षको पहिचानका बारेमा संवाद सञ्चालन गर्ने बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो । संवादको सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले र यसअघि गरिएको संवाद बाट प्राप्त सुझाब र निर्वाचनमा देखिएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्ष बारे तयार पारिएको सामाग्री सहजकर्ता बिक्रम खडकाले प्रस्तुत गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *