पुजा हलुवाई
२९ फागुन
माध्यामिक बिद्यालय बालापुर दाङमा हालै निर्माण सम्पन्न गरिएको अतिथी प्रतिक्षालयको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले समुदघाटन गर्नुभएको छ । शुक्रबार बिद्यालय परिसरमा औपचारीक कार्यक्रम गरि उक्त प्रतिक्षालयको उद्घाटन गरिएको बिद्यालयका प्रधानाध्यापक गणेश कुमार खडकाले जानकारी दिनुभयो ।
निर्माण समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख खडकाले दाताहरुको बिश्सास लिन सके यसप्रकारका बिकास निर्माणका कार्यमा आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने र स्थानीय तहको सरकारलाई टेवा पुग्ने बताउनुभयो ।
वडा नम्वर २ का अध्यक्ष भीमबहादुर योगीले बिद्यालयको शैक्षिक बिकासको लागि वडा तहबाट पनि सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसीले बिद्यालयको नेतृत्व लिएदेखि यस बिद्यालयको चौतिर्फी बिकासका लागी पहल भईरहेको र केही सुधारात्मक कार्य भएको दावी गर्नुभयो ।
बिद्यालयमा आगन्तुक अभिभावक तथा अतिथीहरुलाई बसाउन सहज हुने अपेक्षाका साथ प्रतिक्षालयको निर्माण गरिएको निर्माण समितिका संयोजक शिक्षक निर्मल नेपालीले जानकारी दिनुभयो । उक्त बिद्यालयका शिक्षक,अभिभावक,समाजसेवी लगायत दाताहरुबाट संकलन गरिएको रकमले प्रतिक्षालय निर्माण गरिएको नेपालीले बताउनुभयो । झण्डै ४ लाख ८७ हजार ८ सय ८१ रुपैया नगद संकलन भएको थियो भने ६५ हजार बराबरको सिमेन्ट,बालुवा,ढुङगा,लकडी र रङ लगायतका जिन्सी सामाग्री सहयोग प्राप्त भएको निर्माण समितिले जनाएको छ । उक्त रकम र जिन्सी सामानबाट निर्माण गरिएको अतिथी प्रतिक्षालय करिव ३ लाख रुपैयामा सम्पन्न भयो भने ६० हजारमा शिक्षिक, अभिभाबक, आगन्तुक र बिद्यार्थीका लागि मोटरसाईकल र साईकल पार्कीङ निर्माण,स्कुल बस प्रतिक्षालय निर्माणमा ५० हजार र औपचारीक कार्यक्रम प्रयोजनका लागि निर्माण गरिएको स्टेज ३० हजारमा सम्पन्न भएको थियो । त्यस्तै सहयोगी दाताहरुको नामावली प्रतिक्षालयको शिलालेखमा समाबेश गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसीले जानकारी दिनुभयो ।
निर्माण समितिका संयोजक निर्मल नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सहजिकरण शिक्षक निर्मला डिसी योगीले गर्नुभएको थियो ।

