तुलसीपुर, १३ माघ
नेपाली काग्रेसको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दिपक गिरी र पत्रकार बिच अन्तर संवाद भएको छ । मंगलबार तुलसीपुरमा नेपाल प्रेस युनियन दाङले पूर्व सिचाई मन्त्री एबम प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गिरी संग अन्तर संवाद गरेको हो ।
गिरीसंग पत्रकारहरुले २०५१ सालदेखि उम्मेदवारको रुपमा रहि मन्त्री पद सम्मको जिम्मेवारी लिई रहदाको समयमा गरिएका बिकास निर्माण र नागरिकका आवाज सम्बोधनका बिषयमा अन्तर संवाद गरेका थिए । आगामी फागुण २१ गतेको निर्वाचनमा उम्मेदवारको रुपमा प्रस्तुत हुदाका बखतमा गिरीका चुनावी ऐजेण्डाका बारेमा समेत चासो राखेका थिए ।
निर्वाचनमा सफलता हासिल गर्न नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले खेल्नु पर्ने भूमिकाका बारेमा समेत अन्तर संवादमा ब्यापक छलफल भएको थियो ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको प्रतिनिधी सभासदस्य पदका उम्मेदवार गिरी सँगको अन्तर संवाद कार्यक्रममा पत्रकारहरु नारायणी रजौरे,निरला अर्याल,सन्तोष सुबेदी,सुशील बस्नेत,अमर क्षितिज भण्डारी, बालाराम खडका, लिलाधर वली, बिमल गौतम,चेतन रेग्मी, आशिष के.सी., शरद रेग्मी,दर्शन आचार्य, प्रकास के.सी.अन्जना चौधरी, जयन्ती चौधरी लगायतले चुनावी प्रचार रणनीतिका बारेमा सुझाब दिएका थिए । कार्यक्रमको उदेश्य र सहजिकरण युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो ।

