पौष २५

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १६ सय बढि मतदानस्थल कायम गरिएका छन् ।
निर्वाचन आयोगले १२ जिल्लामा एक हजार छ सय ७१ मतदानस्थलमा तीन हजार नौ सय ९८ मतदान केन्द्र कायम गरेको हो । जसअनुसार दाङमा एक सय ५९ मतदान स्थलमा चार सय ८२ मतदान केन्द्र,कपिलवस्तुमा दुई सय ३५ मतदानस्थलमा चार सय ९० मतदान केन्द्र, रुकुमपूर्वमा ४४ मतदानस्थलमा ५६ मतदान केन्द्र, रोल्पामा ८६ मतदानस्थलमा एक सय ८० मतदान केन्द्र, प्युठानमा एक सय ५८ मतदानस्थलमा दुई सय ३० मतदान केन्द्र, बाँकेमा एक सय ३९ मतदानस्थलमा चार सय मतदान केन्द्र, बर्दियामा एक सय ५४ मतदानस्थलमा तीन सय ८७ मतदान केन्द्र र नवलपरासी पश्चिममा एक सय २२ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
गुल्मीमा एक सय ४५ मतदानस्थलमा दुई सय ८४ मतदान केन्द्र, पाल्पामा एक सय १८ मतदानस्थलमा दुृई सय ५१ मतदान केन्द्र, अर्घाखाँचीमा एक सय दुृई मतदानस्थलमा दुई सय नौ मतदान केन्द्र, रुपन्देहीमा दुृई सय नौ मतदान स्थलमा सात सय ३२ मतदान केन्द्र कायम गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।
यसैगरी लुम्बिनीमा सबै भन्दा धेरै रुपन्देहीमा सात सय मतदान केन्द्र छन् भने सबैभन्दा कम रुकुमपूर्वमा ५६ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *