पुष ६ गते
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अज्ञात समूहले दुर्व्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५।६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको हो ।
उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ लगायतका प्रहरी अधिकारी पुगिसेको प्रहरी नायव उपरिक्षक चक्र शाहले जानकारी दिनुभयो ।
घटनाबारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको जानकारी दिनुभयो ।
दैलेखको दुल्लु स्थायी घर भएका उपकुलपति वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गराउनुहुन्छ ।

