ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

प्रबृत्ति शाह
लमही, १ पुस

संवाद समुहको लुम्बिनी प्रदेश स्तरिय नीति सञ्जाल र सहयोगी समुहको संयुक्त बैठक देउखुरीको लमहीमा मंगलबार सम्पन्न भएको छ ।
बैठकमा बिभिन्न एजेण्डमा माथि छलफल गरिएको थियो । जसमा जेन्जी पुस्ताको आन्दोलन र त्यसको प्रभावका बारेमा समिक्षा गरिएको थियो । त्यस्तै, आगामी फागुण २१ गतेको निर्वाचनलाई भयरहित,शान्तिपूर्ण र बिश्वसनिय बनाउन संवाद समुहले खेल्नुपर्ने सहजीकरणको भूमिका, प्रदेश सरकारले निर्माण गर्ने बार्षिक योजना निर्माणमा प्रक्रियामा लक्षित समुदायको सहभागिता लगायत बिभिन्न बिधेयक,कानुन,कार्यबिधिका बारेमा चर्चा गरिएको संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सभाको सामाजिक बिकास समितिका सभापति यम बहादुर नेपाली सार्की, प्रदेश तहको प्रतिनिधित्व गर्दैै नीति सञ्जालमा रहेका यौनिक तथा लैङिक अल्पसंख्य समुदायकी जुनु चौधरी, जेन्जी पुस्ताकी प्रबृत्ति शाह,अल्पसंख्यक समुदायका निर्मल बादी नेपाली,मधेसी समुदायको सिमान्कृत समुदायका पण्डीत नटुवा,चिडीमार समुदायकी सुनीता चिडीमार,अपाङगता भएका ब्यक्तिको तर्पmबाट हुमाकान्त कँडेल, थारु समुदायकी अगुवा लक्ष्मी चौधरी, यादव समुदायका जगतराम यादव,कुमाल समुदायका प्रेम कुमाल,जेष्ठ नागरिक लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारी,पत्रकार महेश रिजाल लगायतको सहभागिता रहेको थियो । बैठक सञ्चालन बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो भने बिषय प्रबेश सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *