तुलसीपुर,२०
दलित महिला संघ तुलसीपुरले दलित समुदायका अगुवा जोडीलाई लैङिकतामा आधारित हिंसा न्यूनिकरण सम्बन्धि तालिम प्रदान गरेको छ ।
बुधबारदेखि आज सम्म सञ्चालन गरिएको तालिममा मानव अधिकार, लैङिक हिंसा,घरेलु हिंसा,सम्बन्ध बिच्छेद,सार्वजनिक र कार्यस्थलमा हुने ंिहंसा, लैङिक बिभेदको न्यूनिकरण,समाबेशिकरण र लैङिगताको भूमिका, संबैधानिक ब्यबस्थामा महिलाको सहभागिता र वर्तमानको अबस्था, नेतृत्व विकासका पक्षहरु, नेतृत्व विकासका लागि परिवारको भूमिका र सवै प्रकारका बिभेद अन्त्यका लागि साझा नेतृत्वको आबश्यकता बिषयबस्तुमा प्रशिक्षण दिइएको आयोजक संस्था दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।
महिला माथि हुने हिंसाको प्रमुख स्थान घर र परिवार भएकै कारण हिंसा न्यूनिकरणको बुझाईमा स्पष्टता ल्याउन श्रीमान् र श्रीमति अर्थात जोडीलाई एकै ठाउँमा राखि प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । कयौ पटक छुटाछुटै यस प्रकारका तालिम तथा प्रशिक्षणले एक पक्षले मात्र बुझने र त्यसको प्रभाबकारी अझै हुन नसकेकाले जोडी प्रशिक्षण कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
तालिममा सहभागिहरुले यसप्रकारको तालिमले दम्पत्तिलाई परिवारलाई थप बलियो बनाउन मद्धत पुरयाउने भन्दै खुशी ब्यक्त गरेका थिए । उनीहरुले बिशेष गरि अन्तरजातिय बिबाहमा हिंसाका घटना धेरै हुने गरेको महसुस हुर्दै आएको बताएका छन् ।
दुई दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणमा तुलसीपुर उपमहानगरपालिका बिभिन्न वडाका १२ जोडीका २४ बढीको सहभागिता रहेको थियो । तालिममा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,अधिकारकर्मी निर्मल नेपाली र तुलसीपुर उपमहानगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

