ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

हैजाविरुद्धको खोप बारा र पर्सामा लक्षित जनसङ्ख्याको ८५ प्रतिशतले लिए

कात्तिक ३

हैजा प्रभावित बारा र पर्सा जिल्लाका बिभिन्न कोक्षेत्रका लक्षित जनसङ्ख्याको ८५ प्रतिशतले हैजाविरुद्धको खोप लिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप अभियान अन्तर्गत पर्सामा ८४ र बारामा ८७ प्रतिशतले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । पर्सामा ५ लाख ४७ हजार जना र बारामा ३ लाख १७ हजार जनाले खोप लिएका छन् ।
हैजा महामारीको प्रतिकार्य स्वरूप पर्साका सबै पालिकामा असोज २६ गतेदेखि र पर्सासँग सिमाना जोडिएका बाराका ६ वटा पालिकामा असोज २७ गतेदेखि हैजाविरुद्धको खोप अभियान चलेको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *