ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

पुजा गुप्ता
३ असोज

तुलसीपुर उपमहानगरपालिकाले ११ औ संबिधान दिवस मनाएको छ । २०७२ असोज ३ गते संबिधान जारि भएको दिनको अवसरमा जेन्जी पुस्ताका प्रतिनिधिहरुको समेत सहभागितमा शुक्रबार तुलसीपुरमा संबिधानको भावना,हाम्रो प्रतिबद्धता बिषयक अन्तरिक्रया कार्यक्रम गरि संबिधान दिवस मनाइएको हो ।
अन्तरक्रिया कार्यक्रममा जेन्जी पुस्ताका कृष्णा रोकायले राजनीतिक नेतृत्वले चुनावमा गरेको प्रतिबद्धता पुरा नगर्दा भदौ २३ र २४ गतेको घटना भएको बताउनुभयो । जसका कारण अहिलेको नेतृत्वमा रहेका लिडरहरुको बिश्वसनियता गुम्दै गएको बताउनुभयो । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा लिने क्रममा कर्मचारीतन्त्रमा पनि राजनीतिक पूर्वाग्रहरुपमा हेर्ने गरेकोको उहाँको आरोप छ । त्यस्तै, अवका दिनमा भबिष्यको निर्णयमा ध्यान दिन आग्रह गर्नुभयो । जेन्जी पुस्ताकी पुनम डाँगीले संबिधानमा अधिकारको ब्यबस्था गरिएको भएपनि रियल लाईफलमा कार्यान्वयनको अबस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, कानुन बन्छन् कार्यान्वयन हुदैन, कार्यान्वयन गर्न नसक्दा बथिती बढदै गएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डेले जेन्जी पुस्ताले उठाएको सुशासनको सवाललाई वडा तहमा गम्भीर रुपमा सुधार गर्नुपर्ने सुझाब दिनुभयो । अवको समय रुपान्तरित हुने समय आएको छ, पाण्डेले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिकामा भएको आगजनी,तोडफोड र लुटपाटका कारण सेवा प्रबाहका लागि चुनौति छ । यो अबस्थामा एउटै हलमा बसी शासकिय पद्धतीको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी,नेकपा माओबादी केन्द्रका नेताद्धय शेषुराम भण्डारी र डिल्ली अधिकारीले पाटी भित्र रुपान्तरित हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै वडा नम्वर ९ का वडा अध्यक्ष घनश्याम ढकाल,बरिष्ठ अधिबक्ताद्धय डिल्लीराज धिताल र प्रदिप धिताल, मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत,हाम्रो पहँच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी,पूर्व जनप्रतिनिधि साबित्रा बि.क,महिला अधिकारकर्मी सीमा न्यौपाने, मा.बि.दोघरेका प्रधानाध्यापक सुनीता यादव लगायतले संबिधान,जेन्जीको आन्दोलन र फागुण २१ गतेको आम निर्वाचनका बारेमा चर्चा गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका २ वटा प्रशासनिक भवन गत भदौ २४ गते जेन्जी पुस्ताको आन्दोलनका क्रममा आगजनी गरि ध्वस्त पारिदिएपछि उपमहानगरपालिकाको तुलसी टावरको ६ तले भवनमा संबिधान दिवसको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम नगरप्रमुख टिकाराम खडकाको अध्यक्षतामा भएको थियो । नगरप्रमुख खडकाले तुलसीपुर उपमहानगरपालिकाले दैनिक सेवा प्रदान गर्न टेण्ट बाट शुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,तुलसीपुर क्षेत्रका उच्च अदालत,आन्तरिक राजस्व कार्यालय लगायतका सरकारी कार्यालयको सेवालाई नियमित गर्न गृह कार्य भईरहेको र बिभिन्न संघ संस्थाबाट सहयोगको आह्वान समेत गरिएको बताउनुभयो । त्यसअवसरमा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत केशवराज पाद्र्ये गर्नुभएको थियो भने सञ्चालन तुलसीपुर उपमहानगरपालिकाका कानुनी सल्लाहकार एबम अधिबक्ता श्रीराम चौधरीले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *