भाद्र २८

देशभरका अधिकांश शिक्षण संस्था आइतबारदेखि खोल्ने गरी तयारी गरेको  छन | स्थानीय तहहरूले दाङका विद्यालय आइतबारदेखि खुल्ने बताएका हुन् | 

जेन–जीको अगुवाईमा भएको आन्दोलन, प्रदर्शन र त्यसपछिको निषेधाज्ञाले बिथोलिएको शिक्षण क्रियाकलाप देशभरको अवस्था सामान्य बन्दै गएसँगै पुनः सञ्चालनको तयारी गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि शुक्रबार नै अब सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै स्थानीय तहलाई सर्कुलर जारी गरेको थियो । शिक्षा मन्त्रालयले पनि अवस्था सामान्य बन्दै गएकाले विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । शनिबार सूचना जारी गर्दै २९ गते आइतबार शिक्षक र कर्मचारीलाई मात्र विद्यालयमा उपस्थिति हुन भनिएको छ । ३० गते सोमबार देखि विद्यार्थीलाई विद्यालय बोलाएर मनोसामाजिक परामर्शसहित अध्यापन थाल्न आग्रह गरिएको छ । विद्यालय आउजाउ गर्न समस्या भए अनलाइन कक्षाको व्यवस्था गर्न शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले आग्रह गर्नुभयो | 

आइतबार भने विद्यालय सरसफाइ,अभिभावक विद्यार्थीसँग सम्पर्कलगायत प्रशासनिक काम मात्र गर्न भनिएको छ । प्याब्सन काठमाडौँले भाद्र २८ गतेबाट तोकिएको परीक्षा असोज २ गतेबाट सञ्चालन गर्ने जनाएको छ । 
निजी विद्यालयहरूको सञ्चालक संस्थाहरू प्याब्सन,हिसान,एनप्याब्सन केन्द्रीय समिति र विभिन्न जिल्लाबाट विज्ञप्ति जारी गरेर आइतबारदेखि अनुकूलताका आधारमा विद्यालय खोल्न अपिल गरेका छन् । स्थानीय अवस्थाको मध्यनजर र प्रशासनसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न भनिएको छ । अन्तरिम सरकार गठन भएको,प्रशासनले कर्फ्यु हटाएकाले शिक्षण क्रियाकलाप अघि बढाउन अवस्था अनुकूल बन्दै शिक्षाकर्मीहरूको ठहर छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका महासचिवले पनि आइतबारदेखि विद्यालयमा पठनपाठन गर्ने निर्णय भएको बताए । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले भने प्रशासन सञ्चालन गरे पनि पठनपाठन कात्तिक ११ गतेबाट मात्र सञ्चालन गर्ने भएको छ । रजिस्ट्रार कार्यालयबाट जारी सूचनामा भनिएको छ,‘हिउँदे बिदाबाट कटौती हुने गरी कात्तिक ९ गतेसम्म हुने सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *