सुशील बस्नेत
२६ भदौ
जिल्ला प्रशासन कार्यालयले आज बिहीबार बिहान ९ बजेदेखि आज राति १२ बजे सम्म कफ्यु आदेश जारि गरेको छ । मंगलबार राति १० बजे देखि सेनाले सुरक्षाको जिम्मा लिएको थियो । बुधबार साँढे ४ बजे देखि शुरु कफ्यु आदेश आज बिहीबार बिहान ६ बजे सम्म रह्यो । फेरी अर्को सुचना जारि गर्दै जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार बिहान ९ बजेदेखि राति १२ बजे सम्म कफ्यु आदेश जारि गरेको छ । जेन्जीले गरेको आन्दोलनका क्रममा नीजि तथा सरकारी सम्पत्तिमा तोडफोड,आगजनी र लुटपाटको घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले दाङले कफ्यु आदेश जारि गर्दै आएको छ । बिहीबार बिहान ६ बजेदेखि अहिले बजारमा किनमेल गर्ने सर्वसाधारणहरु देखिएका छन् । स्थानीय बजारहरु सामान्य अबस्था बन्दै गएका छन् ।

