२३ भदौ
१९ जनाको ज्यान जानि गरि भएको जेन्जी आन्दोलनको दवाव थेग्न नसकि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।
तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताउनुभयो । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उहाले भन्नुभयो ।
जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका छन् । भने ४ सय बढि घाईते भएका छन् । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत सरकार निर्णयबाट पछि हटेको हो ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।
यसैबिच गृहमन्त्री रमेश लेखकले पद बाट नैतिकताको आधारमा राजीनामा दिनुभएको छ । हिजो बसेको मन्त्री परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले राजीनामा बुझाउनुभएको हो । त्यस्तै १९ जनाको ज्यान जाने गरिभएको आन्दोलन र त्यसमा भएको क्षतिबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । उक्त समितिले सरकारलाई १५ दिन भित्र प्रतिबेदन बुझाउने छ ।

