भाद्र २
दाङ जिल्लामा सबैभन्दा ठूलो समस्याका रुपमा आत्महत्या देखिएको छ । सबैभन्दा धेरै झुण्डिएर २० जना र विष सेवन गरेर आत्महत्या गर्ने पाँचजना छन् । आत्महत्या गर्नेमा पुरुष १७ र महिला आठजना छन् । यसैगरी १८ वर्ष मुनिका दुईजनाले आत्महत्या गरेका छन् भने ४६ देखि ६० वर्ष उमेर समूहका आठजनाले आत्महत्या गरेका छन् ।
ल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार आफ्नो मनका कुरा पोख्न नपाउँदा विरक्त हुने र त्यस्तो निर्णय गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । ‘कतिपय रोग लागेपछि छुटकारा पाउन पनि आत्महत्या गरेका छन् । गत साउन महिनामा जम्मा १६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुमध्ये केही विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी लुकिछिपी बसेका पनि थिए । गढवा–७ मानपुरकी वसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको थियो । यसैगरी महिला बालबालिकातर्फको उजुरी सबैभन्दा बढी जनजातिकोमा ५२ वटा परेको प्रहरीले जनाएको छ । त्यसपछि ब्राह्मण क्षेत्रीका ३९ वटा उजुरी परेका छन् भने दलितका ३८ वटा उजुरी छन् । मधेशीका १० र सबैभन्दा थोरै मुस्लिमका छवटा उजुरी परेका छन् ।
यसैगरी पालिकास्तरमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४३ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । त्यसपछि तुलसीपुर उपमहानगरपालिकामा ४० उजुरी छन् । बंगलाचुलीमा १० वटा उजुरी दर्ता भएका छन् । सबैभन्दा कम उजुरी लमही नगर पालिकामा र राजपुर गाउँपालिकामा तीन÷तीनवटा उजुरी परेका छन् ।
यसैगरी लैंगिक हिंसामा सबैभन्दा बढी २१ वटा उजुरी मादकपदार्थ सेवन गरी गालीगलौज गरेको परेका छन् । सामान्य झैझगडा र गालीगलौजका १९ वटा उजुरी परेको प्रहरीले जनाएको छ । यसैगरी बैंकिङ चेक अनादर, लेनदेन ठगीका मुद्दा जिल्ला प्रशासन कार्यालयबाट आउने गरेको बताएको छ । जिल्ला प्रहरीले नागरिक सहायता कक्ष, महिला सेल, दलित सेलबाट नागरिकलाई सेवा दिएको जनाएको छ । आवश्यकता अनुसार मुद्दा दर्ता, सामान्य छलफल, मिलापत्रलगायतका काम गरिएको प्रहरीले जनाएको छ ।

