साउन ३१
आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।
पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि मेला लागेको छ । श्रीकृष्ण मन्दिर रहेका अरु ठाउँमा पनि दर्शनार्थीको घुइँचो छ । गठे मंगलबारदेखि शुरु गरीएको लोख नाँच पनि आज मध्यरातमा समापन गर्ने गरिन्छ । बिगतका बर्षको भन्दा यसबर्ष लाखे नाँच गाँउ घर र शहर बजारमा अली बढि प्रदर्शन गरिएको थियो । सामाजिक र सांस्कृतिक रुपमा मात्र नभई आर्थिक हिसावले रकम संकलन गर्न यो नाँच बाट राम्रै आम्दानी हुने भएकाले बिभिन्न गाँउबाट यो नाँच प्रदर्शन गरिन्छ ।

