तुलसीपुर,२१ साउन

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय,दाङले गत आर्थिक बर्षमा ९७.२७ प्रतिशत प्रगति गरेको छ । गत आर्थिक बर्ष २०८१/८२ मा ३२ करोड ३० लाख बजेट मध्ये ३१ करोड ८३ लाख ५६ हजार ६ सय ३६ रुपैया खर्च भएको डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर बिश्वकर्माले जानकारी दिनुभयो । तुलसीपुरमा बुधबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले भन्नुभयो, जलउत्पन्न प्रकोप न्यूनिकरण तथा ब्यबस्थापन कार्यक्रम ८७ वटा, सिचाई आयोजना मर्मत सुधार तथा बिस्तार १४७ मध्ये १४५ वटा सम्पमन्न भएको र २ वटा हुन नसकेको, मझौला तथा बैकल्पिक प्रबिधिमा आधारित सघन सिचाई कार्याक्रम ३२ वटा र जलाशय निर्माण तथा पोखरी संरक्षण ५ वटा सम्पन्न भएको छन् । देउखुरीको रंगसी खोला बिद्युत बिस्तार र सौरी लिफ्ट सिचाईको काम हुन नसकेको डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
प्रगति बिबरण सुनाउनुहुदै उहाँले भन्नुभयो हाल सम्म ७६.३२ प्रतिशत थप सिचाई सेवा जिल्लाभर पुगेको छ । सिचाई बाँध/ मुहान १ सय ३१वटा, पक्की नहर/कुलो १ सय ६२. ७२ किलोमिटिर, लिफ्ट सिचाई ६७ वटा, पम्प हाउस ६८ वटा,पाईप लाईनिङ ९.७३ किलोमिटर प्रगति भएको डिभिजन प्रमुख बिश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै, बिद्युतिकरण ४५ वटा, थप सिचाई सुबिधा पुगेको क्षेत्र ७ हजार ६ सय ३२ हेक्टर क्षेत्रफल, सिचाई संरचना सुद्धढीकरण गरेको क्षेत्र ३१ हजार ५ सय ८३ हेक्टर,नदी नियन्त्रण(तटबन्ध निर्माण) ८२.२४ हेक्टर क्षेत्रफल र नदी नियन्त्रण बाट उकास भएको ८२.२४ हेक्टर,८ हजार ६ सय ७८ वटा घर सुरक्षित भएका छन् भने १२ हजार ५ सय ४६.८८ हेक्टर जमिन सुरक्षित भएको रहेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय,दाङले जनाएको छ ।
यो प्रगतिहासील गर्न प्रदेश स्थापना पछि आर्थिक बर्ष २०८०/८१ सम्मको कुल ११२ वट,पक्कि नहर /कुलो १४४ किलोमिटर, लिफ्ट सिचाई ६७ वटा, पम्प हाउस ६७ वटा,पाईप लाईनिङ ५. २ किलोमिटिर, बिद्युतिकरण ४५ वटा, थप सिचाई सुबिधा पुगेको क्षेत्र ७६.३२ हेक्टर, सिचाई संरचना सुद्धढीकरण गरेको २४ हजार ८ सय ६३ हेक्टर,नदी नियन्त्रण(तटबन्ध निर्माण) ६५.४९ किलोमिटर, नदी नियन्त्रणबाट उकास भएको जमिन ३६ हेक्टर, तटबन्धबाट ७ हजार ८ सय वटा घर सुरक्षित भएका छन् भने १२ हजार ३ सय हेक्टर जमिन सुरक्षत भएकोे उक्त कार्यालयले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल,वडा नम्वर १२ का अध्यक्ष खुशीराम चौधरी र वडा नम्वर १३ का अध्यक्ष मोहन पौड्लले पातुखोला तटबन्ध,बबई तटबन्ध र गुहार खोला तटबन्धका बारेमा चासो ब्यक्त गर्नुभएको थियो । त्यस्तै, पत्रकारहरुले जिल्लाभरको सिचाई र तटबन्धको अबस्था र जैबिक तटबन्धका बिषयमा चासो राखेका थिए । २०४० सालमा जिल्ला सिचाई कार्यालय दाङ स्थापना भई नाम र जिम्मेवारी क्षेत्रमा फेरीदै आएकोमा हाल प्रदेश सरकारको मातहतमा जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय,दाङ रहेको छ । दाङमा बृहत्त दाङ सिचाई आयोजना,बर्कापथ आयोजना, प्रगन्न सिचाई, जलउत्पन्न प्रकोप लगायतका कार्यालय रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *