सुशील बस्नेत
तुलसीपुर,१२ साउन
उच्च अदालत बार एकाई तुलसीपुरको अध्यक्षमा मधुसुदन गौतम र्निबिरोध निर्वाचित हुनुभएको छ । सोमबार तुलसीपुरमा सम्पन्न बारको ९ औ साधारण सभा तथा ५ औ अधिबेसनबाट गौतम निर्बिरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका संयोजक तिर्थराज न्यौपानेका अनुसार २ बर्षे कार्यकालका लागि बारको अध्यक्षमा गौतम, उपाध्यक्षमा ठाकुर प्रसाद न्यौपाने, सचिवमा भुवनेश्वर शर्मा र कोषाध्यक्षमा सुस्मा के.सी. निर्वाचित हुनुभएको छ । त्यस्तै,सदस्यमा हरी बहादुर शाह, प्रकास रेग्मी, गजेन्द्र चौधरी,प्रबिण लम्साल,अरुण कुमार आचार्य, सुनिल धिताल,मोहन प्रसाद धिताल,पुस्कार बहादुर भण्डारी र बिजय पोख्रेल निर्वाचित हुनुभएको छ ।
प्रजातान्त्रिक कानुन ब्यबसायी र बामपन्थी पक्षधर प्रगतिशील कानून ब्यबसायी बिच भएको बिगतको सहमति अनुसार अधिबेसनबाट आलोपालो नेतृत्व हस्तान्तरण गर्ने भए अनुसार सर्बसम्मत गराइएको कार्यबाहक अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो । उच्च बारमा ३१ जना कानून ब्यबसायी कार्यरत हुनुहुन्छ ।
यसैबिच उच्च अदालत बार एकाईका कार्यबाहक अध्यक्ष श्रीराम चौधरीको अध्यक्षता एबम बरिष्ठ अधिबक्ता बामदेव शर्माको प्रमुख आतिथ्यतामा भएको अधिबेसन उद्घाटन सत्रमा प्रमुख अतिथी शर्माले कानून ब्यबसायीलाई मर्यादित र अध्ययनशील पेशाको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । बरिष्ठ अधिबक्ताहरु प्रदिप धिताल र बिष्णुमणी धितालले कानून ब्यबसायीको रुपमा मात्र भूमिका मात्र नभई देशका ठुला ठुला परिवर्तनमा समेत उल्लेख्य भूमिका खेलको स्मरण गराउनुभयो ।
सो अवसरमा सहभागिहरुले नागरिक र सार्वजनिक चासोका सवालका बिषयमा कानून ब्यबसायीहरुले अदालत सम्म न्याय सम्पादनको लाई सहजिकरणको महत्वपूर्ण भूमिका खेल्नुपर्ने थप सुझाब दिनुभयो । नेपाल बार एशोसियसनका केन्द्रिय सदस्य चिरिञ्जीबि तिल्क्यानी,उच्च अदालत बारका पूर्व अध्यक्षहरु मोहन प्रसाद धिताल,रबिन्द्र धिताल र पुस्कर बहादुर भण्डारी,मानव अधिकारकर्मी सुशील बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दुर्गालाल के.सी. लगायतले बिभिन्न बिचार राख्नुभएको थियो ।
त्यसअवसमार उच्च अदालत बार एशोसियसन तुलसीपुरको सांगठनिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकास रेग्मीले गर्नुभएको थियो ।
उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष गोकर्ण खत्रीको २०८१ माघ ६ गते उपचारका क्रममा मृत्यु भएको थियो । खत्रीको मृत्यु पछि कार्यबाहक अध्यक्षको पदमा उपाध्यक्ष अधिबक्ता श्रीराम चौधरीले जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।

