दाङ तुलसीपुर, २७ असार

आन्दोलनका कारण १३ दिनदेखि बन्द रहेका दाङ लगायत देशभरका सुन चाँदी पसल शुक्रबारदेखि खुलेका छन । गत असार २६ गते सुन चाँदी तथा रत्न आभुषणको कारोवार तथा सोमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्न ६ बुँदे सहमति भएपछि बन्द गरिएका पसल खुलेका हुन ।
नेपाल सरकारले आर्थिक बर्ष २०८२/८३को बजेट बक्तब्य पछि त्यसको बिरोधमा चरणबद्व आन्दोलन घोषणा गर्दै असारको १३ गतेदेखि पसल बन्द गरि आन्दोलनमा उत्रिएका सुनचाँदी पसल असार २७ गते देखि नियमित रुपमा सञ्चालनमा आएका हुन । सरकार र नेपाल सुनचाँदी ब्यबसायि बिच भएको बार्ता पछि ६ बुदे सहमति भएको तुलसीपुर दाङ सुनचाँदी ब्यबसायि संघका महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो ।
सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तमकुमार खत्री,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचि बिपीन आचार्य, आन्तरिक राजस्व बिभागका महानिर्देशक मदन दाहाल, भन्सार बिभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैकका उपनिर्देशक राजेन्द्र भट्टराई र नेपाल सुनचाँदी ब्यबसायी महासंघका अध्यक्ष अर्जुन रसाईली लगायतले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमति अनुसार अर्थ मन्त्रालयका राजस्व ब्यबस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । सुन आयात तथा बिक्रि बितरण सम्बन्धी कार्यबिधि २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आबश्यकतानुसार संशोधन गर्ने सहमति भएको छ ।
स्थानीय सुनचाँदी तथा रत्न आभुषण ब्यबसायीको सहज पहुँच हुने गरी नजिकको ब्यापरिक केन्द्रबाट सुन आयात गर्ने बाणिज्य बैकंबाटै सुन उपलब्ध हुने गरी कार्यबिधि संशोधन गरिने भएको हो ।
सरकारले बिलासिताको परिभाषा भित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्र्दभमा आबश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने भएको छ ।
सुन चाँदी ब्यबसायलाई ब्यबस्थित गर्न कानूनी तथा नीतिगत ब्यबस्था, छिमेकी मुलुकमा सुन चाँदी तथा बहुमुल्य धातु तथा पत्थरमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता हुने गरी राजस्वका दर कायम गर्ने लगायतका बिषयमा सिफारिस गर्ने,अन्य बिषयका सन्र्दभमा कार्यदल आफैले कार्य शर्त तथा बैठक सञ्चालन कार्यबिधि तय गर्नेछ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघ,नेपाल सुनचाँदी रत्न आभुषण महासंघ र नेपाल सुनचाँदी ब्यबसायी तथा कालिगढ संघर्ष समितिबाट जारी आन्दोलन,अनशन,संघर्षलगायतका आजैका मितिबाट स्थगन गर्ने सहमति भएको छ ।
सुन तथा चाँदी पसलहरु लामो समयदेखि बन्द हुदा मर्कामा परेका उपभोक्ताहरु पसलमा आज देखि राहत पाउने छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *