पुजा गुप्ता
दाङ तुलसीपुर, १८ असार
सरकारले लगाएको करका बिरुद्धमा आन्दोलनमा उत्रिएका सुन चाँदी ब्यबसायिहरुको आन्दोलनमा नागरिक समाजका अगुवाहरुले दाङमा ऐक्यबद्धता जनाएका छन् ।
तुलसीपुर दाङ सुन चाँदी ब्यबसायि संघ र नेपाल सुनचाँदी ब्यबसायि संघ घोराहीले संयुक्त रुपमा आयोजना गरेको बिरोधका कार्यक्रम अन्तर्गत बुधबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन ।
गत जेठ १५ गते नेपाल सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको बजेट बक्तब्यमा सुनमा २ प्रतिशत र आभुषण तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि सुनचाँदी तथा आभुषण पत्थर ब्यबसायिहरु आन्दोलनमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लाई भेट गरि लागु गर्न लागिएको कर र भ्याटलाई पुर्नबिचार गरिदिन आग्रह समेत गरेका ब्यबसायिहरुले माग सम्बोधन नभएपछि ब्यबसाय ÷पसल नै बन्द गरि आन्दोलनमा उत्रिएका छन् । पसल बन्द गरेर आन्दोलनमा उत्रिएका ब्यबसायिहरुले छैठौ दिन बुधबार नागरिक समाजका अगुवाहरुसँग आन्दोलनको प्रभाबकारिताका बारेमा तुलसीपुरमा अन्तरक्रिया गरेका हुन ।
कार्यक्रममा सहभागि नेकपा एमालेका नेता एबम पूर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले आन्दोलनलाई राजधानी काठमाण्डौमा केन्द्रित गर्नुपर्ने सुझाब दिनुभयो । अर्थमन्त्री बिष्णप्रसाद पौड्ेललाई यसबारेमा आग्रह गर्ने र ब्यबसायिहरुको आन्दोलनमा आफुले पनि ऐक्यबद्धता जनाई सहयोग गर्ने बताउनुभयो ।
प्रमुख बक्ताका रुपमा रहनुभएका संवाद समुहका बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेतले सुन चादी र आभुषण पत्थर ब्यबसायिहरुले पसल नै बन्द गरि सडक आन्दोलनमा उत्रनु परेको बारेमा आम उपभोक्ता समक्ष जानकारी हुनुपर्ने सुझाब दिनुभयो । त्यसका साथै राजनीतिक दलका नेतृत्व, उद्योगी ब्यापारिहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ, चेम्वर्स अफ कर्मश, परिसंघ लगायतको ऐक्यबद्धताका साथ उनीहरुको नेतत्ृवमा संवाद र वार्तामा सरकारलाई ल्याउने गरि आन्दोलनको रणनीति बनाउनुपर्ने सुझाब बस्नेतले दिनुभयो ।
सो अवसरमा,अधिकारकर्मी केशव शर्मा, प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनील केसी, तुलसीपुर चेम्वर अफ कमर्शका उपाध्यक्ष सन्तोष खडका,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल उद्योग तथा ब्यबसायि संघ तुलसीपुरका अध्यक्ष पदम पोख्रेल,नेपाल उद्योग ब्यापार संघका अध्यक्ष बेदप्रकास वली, तुलसीपुर दाङ सुनचादी ब्यबसायि संघका सल्लाहकार जोगेन्द्र बिश्वकर्माले सुनमा लगाइएको करका कारण ब्यबसायि संकटमा परेको र उपभोक्ता मारमा परेको बारेमा बोल्नु भएको थियो । नेपाल सरकारलाई उहाँले आग्रह गर्दै भन्नुभयो बजेट बक्तब्य मार्फत आएको सुन र आभुष पत्थरमा लगाउने कर र भ्यात तत्काल सुधार गरिनु पर्छ ।
तुलसीपुर दाङ सुनचादी ब्यबसायि संघ र नेपाल सुन चादी ब्यबसायि संघ घोराहीको संयुक्त आयोजनमा यस अघि घोराहीमा पनि अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यसबाहेक बिभिन्न निकायमा गई ध्यानाकर्षण गराएको थियो ।
तुलसीपुर दाङ सुनचाँदी ब्यबसायि संघका अध्यक्ष हरिकृष्ण बिश्वकर्माको अध्यक्षता एबम पूर्व स्वास्थ्स्य राज्य मन्त्री हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा सुनमा करको असर, उपभोक्ता मारमा ब्यापार संकटमा बिषयक अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तब्य नेपाल सुनचाँदी ब्यबसायि संघ घोराहीका अध्यक्ष बिनोद बिश्वकर्माले, अन्तरक्रिया कार्यक्रमको औचित्य माथि प्रकाश नेपाल सुनचादी ब्यबसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुव्रराज गहतराजले र सञ्चालन महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

