कञ्चनपुरमा ठूलो वर्षा, आज राति लुम्बिनी र कर्णालीमा ठूलो पानी पर्न सक्ने

महेन्द्रनगर, असार १५

कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । नदि तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हिजो बेलुकीसम्म धेरै ठाउँमा ठूलो पानी परे पनि राति भने सामान्य वर्षा मात्रै भएको छ । तर पश्चिमी भेगमा आज पनि ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कञ्चनपुरका खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

आज राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा ठूलो पानी पर्न सक्ने सम्भावना

अहिले कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा तथा कोशी, लुम्बिनी र गण्डकीका थोरै ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज खोटाङ, दोलखा, कास्की, लमजुङ, प्यूठानमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको र ती क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेकाले त्यस क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्यूठानको हंशपुर जलमापन केन्द्रका अनुसार पश्चिम राप्ती नदीले सतर्कता तह पार गरेको छ । अर्घाखाँचीको राङसिङ जलमापन केन्द्रले पनि सतर्कता तह पार गरेकोले सतर्कता अपनाउन महाशाले भनेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *