तुलसीपुर,२५ जेठ
लामुखुट्टे लगायतको टोकाईबाट सुरक्षित हुन झुल किन्न नसक्ने ब्यक्ति र समुदायका लागि तुलसीपुरका युवाहरुले झुल बितरण गरेका छन् । जय शिव मंहाकाल मानव सेवा आश्रम तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थीत गन्दर्भ टोलमा गई ४० वटा झुल बितरण गरेको हो । लामुखुट्टेको टोकाईबाट संक्रमण हुने डंगू लगायतका बिभिन्न रोगबाट बच्न झुल खरिद गर्न नसक्ने ब्यक्ति तथा समुदायलाई झुल बितरण गरिएको उक्त आश्रमका अभियनान्ता शम्भु बुढा मगरले जानकारी दिनुभयो । आश्रममा संगठित भएका युवाहरु र केही सहयोगीदाताको सहयोगबाट खरिद गरिएका झुल गन्दर्भ समुदायका अति बिपन्न परिवार,अपाङगता भएका ब्यक्ति, एकल महिला,दलित समुदायलाई बितरण गरिएको थियो । झुल निशुल्क रुपमा बितरण कार्यक्रममा सहभागि भएका गन्दर्भ समुदायका अगुवा सुशील गन्दर्भले खुशी ब्यक्त गर्नुुभयो । उहाँले भन्नुभयो, बिपन्न समुदायका लागि यो मौसममा अति आबश्यक झल निशुल्क रुपमा बितरण गरेको पाउँदा खुसी लाग्यो । जय शिव मंहाकाल सेवा आश्रमले केही बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ । गरिव तथा बिपन्न समुदायको सेवामा समर्पित यो संस्था नितान्त स्वयमसेवि रुपमा कार्य गर्दै आएको स्थानीयहरुको भनाई छ । बिगत केही बर्षदेखि यसले दैनिक छाक टार्न सकेका बिपन्न समुदायहरुलाई नि शुल्क रुपमा भोजन गराउदै आएको छ । त्यसबाहेक बिभिन्न समयमा आउने बिपत्तमा समेत स्वयमसेवि रुपमा काम गर्दै आएको उक्त आश्रमले जनाएको छ । कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाबाट रकम प्राप्त नगरेको यस परोपकारी संस्थाले स्वयसेवि भावरुपमा प्रदान गरेको सहयोगबाट नै सेवा प्रदान गर्दै आएको छ ।

