ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

तौलिहवा,२४ जेठ


कपिलबस्तुको बुद्दभुमिका बिभिन्न वडा र समुदायहरूमा नाट्य प्रस्तुति सहितका १० वटा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न भएका छन् ।
प्रो पब्लिकले बुद्धभूमि नगरपालिकामा मेलमिलाप र सामुदायिक संवाद कार्यक्रम अन्तर्गत संवाद शिविरमा समाजमा रहेका बिभिन्न सामाजिक मुद्दाहरूसँग जोडिएका बिभिन्न कथाहरूमध्येबाट समुदायका समस्याहरूलाई प्रतिनिधित्व गर्ने प्रमूख सवालहरूका आधारमा करिव सवा एक घण्टाको नाट्य प्रस्तुती तयार गरी श्रृंखलाबद्ध रुपमा प्रस्तुतीहरू गरिएको थियो ।
लोकतान्त्रिक शासनको सुदृढीकरण एवं सुशासन प्रवद्धर्न मार्फत सामाजिक सद्भाव, दीगो शान्ति र विकासको प्रवद्धर्न भन्ने मुल नाराका साथ जनहित संरक्षण मञ्च (प्रो पब्लिक) र बुद्धभूमि नगरपालिकाको संयुक्त आयोजनामा नागरिक शान्ति सेवा कार्यक्रमअ अन्तर्गतको नाट्य प्रस्तुतिमा बाल बिवाह र दाइजो, लैङ्गिक हिंसा, एकल महिलाका सवाल, खुल्ला दिशामुक्त क्षेत्रको अवस्था, जनस्वास्थ्य र लागू औषधको समस्या, पूर्ण साक्षर क्षेत्रको अवस्था, छाडा चौपायाको समस्या, युवा, रोजगार र बैदेशिक रोजगार, बिकास र गुणस्तरिय बिकासको सवाल, न्यायिक समिति र मेलमिलाप सेवा, नागरिक अधिकार, कर्तब्य र उत्तरदायित्व लगायतका प्रमुख सवालहरूलाई समेटिएको प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेले जानकारी दिनुभयो ।
नाट्य प्रस्तुतिपश्चात उत्तरदायि भूमिकामा रहेका जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकाय र सामाजिक अगुवा लगायतका ब्यक्तिहरू र बिभिन्न पृष्ठभुमिका नागरिकहरू तथा कक्षा ८, ९ र १० का बिद्यार्थिहरूका माझ सरकार–नागरिक संवाद सञ्चालन गरिएको थियो ।
संवादका दौरानमा नाट्य प्रस्तुतीलेसमेटेका विषयमा आत्म मुल्यांकन, आआफ्नो स्थान र जिम्मेवारीबाट उक्त सवालहरू न्युनिकरणका लागि भए गरेका प्रयासहरू र अबका दिनमा ती मुद्दाहरूलाई अर्थपूर्ण तरिकाबाट सम्बोधन गर्नका लागि आवश्यक पर्ने रणनीतिहरूका बारेमा गहन छलफलहरु गरिएको कार्यकारी निर्देशक बाबुराम पौडेलले बताउनुभयो ।
संवादकै दौरानमा सहभागि नगरबासीहरूलाई समेत प्रश्न, जिज्ञासा र विचार राख्ने अवसर प्रदान गर्दै दर्शकबाट आएका सवालहरुमा समेत वक्ताहरुको उत्तरदायित्व माग गरिएको थियो ।
नागरिक शान्ति सेवा कार्यक्रम, प्रो पब्लिकका कार्यक्रम संयोजक झबिन्द्र अधिकारीका अनुसार गत जेठ १५ गते देखि २४ गतेसम्म कपिलबस्तुको बुद्धभूमि नगरपालिकाको वडा नंं ५ को राजपुर, वडा नं ४ को बुड्डि, वडा नं २ को गोरुसिंगे, वडा नं ६ को लम्मीपुर, वडा नं ८ को बनकट्टी,वडा नं ९ को चौवन्नपुर, वडा नंं १ को पत्थरकोट र वडा नं ७ को मानपुरमा आयोजित उक्त कार्यक्रममा करिव २ हजार जना भन्दा माथिको सहभागिता रहेको थियो भने नगर प्रमुख, वडा अध्यक्ष लगाएतका निर्वाचित जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकाय र संघसंस्था तथा सामाजिक अगुवा गरी जम्मा ६९ जना नेतृत्वलाई संवादको प्यानलमा सहभागी बनाउँदै जवाफदेहिता बहन गराईएको थियो ।
कार्यक्रम सञ्चालक एवं कार्यक्रका संयोजक अधिकारीले बुद्धभूमिलाई मेलमिलाप र द्वन्द्व ब्यवस्थापनमा एक नमुना पालिकाको रुपमा प्रवद्धर्न गर्ने प्रयासमा प्रो पब्लिकले लामो समयदेखि सफलरुपमा अभ्यास गरिरहेका बिभिन्न विधिहरू जस्तोः मेलमिलाप, सामुदायिक संवाद, नाट्य प्रस्तुति सहितको सरकार –नागरिक संवादलाई एकिकृत रुपमा जिआइजेडको सहयोग र बुद्धभूमि नगरपालिकाको लागत साझेदारीका रुपमा कार्यक्रम कार्यान्वयन भैरहेको जानकारी गराउनु भएको थियो ।
संवाद कार्यक्रमको सहजिकरण गर्दै प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलले लोकतन्त्रको सुदृढिकरण र द्धन्द्ध ब्यवस्थापन गर्दै दीगो शान्ति र समृद्धिका लागि सरकार र नागरिकका विचमा निरन्तर संबाद आवश्यक भएकाले प्रो पब्लिकले यस्ता कार्यक्रमहरुमा बढि जोड दिँदै बुद्धभूमिमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
साथै यस्ता कार्यक्रममार्फत सरकारका संयन्त्रहरूलाई जनतासँग प्रत्यक्ष रुपमा जोडिएका यस्ता समस्याहरूका सम्बोधनका लागि ब्यापकरुपमा कार्य गर्न र नागरिकले पनि आफ्ना अधिकारको खोजि र प्रत्याभुति गर्ने पक्षमा चनाखो हुँदै नागरिक कर्तव्यलाई समेत हेक्का राखेर अगाडी बढ्नु आम नागरिक र समाजको जिबनमा सुख, शान्ति, समृद्धि र समग्र बिकासका लागि अपरिहार्य रहेको व्यहोरा प्रकाश पार्नुभएको थियो ।
बुद्धभूमि नगरपालिकाका प्रमूख केशब कुमार श्रेष्ठले भौतिक बिकास भन्दा पनि महत्वपूर्ण पक्ष मानबिय बिकास भएको हुनाले आफु र आफ्नो पालिका यस्ता अभियानमार्फत असल समाज निर्माणमा लागि परेको बताउनुभयो ।
यसअघि गत पुष महिनामा ५ वटा कार्यक्रम सम्पन्न भएकोमा कार्यक्रमले समुदायमा अर्थपूर्ण प्रभाव पारेको सिकाईका साथ पालिका र प्रो पब्लिकको संयुुक्त लागतमा समन्वय र साझेदारी गर्दै थप १८ वटा कार्यक्रमको योजना गरेबमोजिम गत जेठ १५ गते देखि २४ गतेसम्म १० वटा संवाद कार्यक्रम सम्पन्न भएका छन् भने बाँकी ८ वटा कार्यक्रम आगामि कार्तीक ÷मंसिर महिनामा सञ्चालन गरिने कार्यक्रम रहेको नागरिक शान्ति सेवा कार्यक्रम, प्रो पब्लिकका कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *