ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

वैशाख १९ गते

दक्षिण भारतको उडिसाको कलेजमा पुन नेपाली छात्रा मृत भेटिएकी छन् । केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिनुभएको हो । गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला पर्नुभएको थियो ।
आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उहाले दुई पटक कलेज प्रशासनमा उजुरी समेत दिनुभएको थियो । यसैबिच पटक पटकका घटनाले छात्राहरु माथि भौतिक सुरक्षाको प्रस्न उठेको अधिकारकर्मीहरुले बताएका छन् । दोषिलाई कारर्बाही गरिनुपर्छ भने यस प्रकारका घटना हुननदिन भारत सरकारले बाँच्न पाउने अधिकार सुनिच्ति गर्नुपर्ने माग गरिएको छ ।
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन हो ।
एबीभीपीले बिहीबार विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।
यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *