२३ चैत, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज शनिबार भैरहवा ल्याईदैछ ।
शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले शनिवार मात्रै भैरहवा ल्याउने गरेको हो । विमान मार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार उहालाई हिजो शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उहाको निवास बूढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।
पक्राउ गरिएका रविलाई भैरहवा ल्याईदै

