चैत्र १४
निजामति सेवा तर्फ सहसचिव पदमा दलित समुदायका ९ जना कार्यरत रहेका छन् । सरकारले बिहीबार एकैपटक दलित समुदायका तीनजनालाई सहसचिवमा सिफारिस गरेपछि अब दलित समुदायका सहसचिवको संख्या ९ पुगेको हो ।
नेपाल प्रशासनसेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी १ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी २ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी(५ अछामका दीपक विक सिफारिस हुनुभएको छ । दीपक यसै वर्ष उपसचिवमा बढुवा हुनुभएको थियो ।
यसअघि प्रशासनतर्फ मेखबहादुर मंग्राती, प्रदीप परियार, लोकबहादुर सुनार र पूर्णबहादुर दर्जी तथा प्राविधिकतर्फ कुबेर नेपाली र अशोक श्रीपाली सहसचिव भइसक्नुभएको छ ।
श्रीपाली भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ । उहा खुला प्रतिस्पर्धाबाट सहसचिव बन्नुभएकाके थियो । ‘दलित समुदायबाट एकैपटक तीनजना सहसचिव बन्नु ऐतिहासिक उपलब्धि हो,’ पूर्वसचिव मानबहादुर बीकेले खुशी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,यो गणतन्त्र र समावेशिताले दिएको उपहार हो ।’
निजामति सेवामा दलित समुदायका ९ जना सहसचिव

