ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

स्वयमसेवि संस्था रेडक्रस, सरकारको भरपर्दो साझेदार संस्था–पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर,२७ फागुण

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिपत्तका बखत सरकारको सहयोगी संस्था नेपाल रेडक्रस सोसाईटीलाई पूर्वाधार निर्माणको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी दाङको ४१ औं साधारण सभाको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुर्दै लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका चौधरीले संस्थाको संस्थागत बिकास राम्रो सँग ब्यबस्थापन गर्ने जिम्मा उसकै भएतापनि आवश्यक भौतिक निर्माणको क्षेत्रमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको हो । मुलुकमा हुने बिभिन्न किसीमका बिपत,क्षति,संकटका बेला मानवताको सेवा सदैव समर्पित रेडक्रस सरकारको महत्वपूर्ण सहयोगी संस्था रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रममुख टिकाराम खड्काले स्वयमसेबि संस्थाको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत उत्कृष्ट छवि बनाउन सफल रेडक्रसले बिभिन्न क्षेत्रका लागि स्थानीय तह सँग समन्वय गर्दै आएको चर्चा गर्नुभयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटीका केन्द्र सदस्य भगवती शर्माले राजनीतिक प्रभावका कारण स्वयमसेवि,स्वतन्त्र,निष्पक्ष र तटस्थताको मुल्यमान्यता रहेको नेपाल रेडक्रस सोसाईटीलाई केन्द्रीय तहमा कम्जोर बनाउने प्रयत्नभएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
त्यसअवसरमा नेपाली काग्रेसका नेता भरत बहादुर न्यौपाने,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का अध्यक्ष प्रेमनाग योगी,राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सञ्चालक समितिका अध्यक्ष पद्यमप्रसाद न्यौपाने,संवाद समूहका बरिष्ठ सहजकर्ता एवम अधिकारकर्मी सुशील बस्नेत, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिबेदन उपमहामन्त्री बिमल के.सी. र कोषाध्यक्षको प्रतिबेदन कुशल तर्तालले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटीलाई महत्वपूर्ण योगदान पुरयाउनुभएका पूर्व रेडक्रसकर्मी एवम नेपाली काग्रेसका नेता भरतबहादुर न्यौपाने र प्रेमबहादुर न्यौपानेलाई सम्मान गरिएको थियो । त्यस्तै, पत्रकारहरु खेमराज रिजाल,दामोदर बस्नेत(राकेश) र एकराज भण्डारीलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका कर्मचारी सुशील न्यौपाने र रक्त संचार केन्द्र घोराहीका ईच्छा बुढामगर हुनुहुन्छ । सो अवसरमा नेपाल रेडक्रस उपशाखा बिजौरीका सभापति बालकृष्ण रेग्मीले गर्नुभएको थियो भने सञ्चालन रेडक्रस दाङ शाखाका मन्त्री प्रकास श्रीवन्दले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *