ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयले महाशिवरात्री पर्वलाई बिशेष पर्वका रुपमा मनाउदै

तुलसीपुर,१२ फागुण

महाशिवरात्रीको अवसरमा ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र क्षेत्रिय कार्यालय तुलसीपुरले ८९ औ त्रिमुर्ति महाशिवरात्री महोत्सव कार्यक्रम तुलसीपुरमा सम्पन्न गरेको छ । महाशिवरात्री पर्वलाई बिशेष पर्वको मनाउदै आएको ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालयले गत फागुण ३ गतेदेखि जिल्ला ब्यापि बिबिध कार्यक्रम गर्दै आएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका संस्थापक प्रजापिता परमात्माको स्मृतिमा महाशिवरात्री बिशेष पर्वको रुपमा मनाउने गरिन्छ । बिशेष गरि शिव नै ब्रह्मा,बिष्णु र शंकरको पनि रचयिता हुनाले उहाँलाई त्रिमुर्तिको रुपमा लिने गरिएको ब्रह्माकुमारी उर्मिला दिदीले बताउनुभयो ।
यसैबिच, सोमबार तुलसीपुरमा आयोजना गरिएको फागण १४ गते महाशिवरात्रिको अवसरपारि शिव महिमा ः आत्म शुद्धि र बिश्व कल्याणको अभियान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले जस्तो सुकै ब्यबस्था आएपनि हाम्रा परम्परा,भूगोल नबदलिने बताउनुभयो । आ आफ्नै धर्म,संस्कृति र परम्परालाई भुल्न पनि नहुने उहाँले जोड दिनुभयो । ब्यक्ति बदलिन्छन् तर मौलिक परम्परा भने बदलिदैन । र यो परम्परा र संस्कृति हाम्रो सम्पत्ति हो । उहाँले भन्नुभयो, राज्यले पनि शविरात्रिलाई राज्यको पर्वको रुपमा ग्रहण गरेको छ । २१ तोपको सलामि दिई सेनाले यो दिवसलाई मनाउने र उक्त कार्यक्रममा राष्ट्रपति,प्रधानमन्त्री,सभामुख,प्रधानन्याधीश,सभामुख लगायतको सहभागिता हुने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालयले मानिसको गलत आनीबानिको आत्मशुद्धिमा मद्धत गर्ने गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, यो संस्थाले सञ्चालन गर्ने अधिकांस कार्यक्रममा सहभागि हुर्दै गर्दा ब्यक्ति र समाजलाई सहिढंगले अगाडी बढन मागदर्शन गर्ने गरेको बताउनुभयो ।
सो अवसरमा मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष बाशुदेव गौतम र जेष्ठ नागरिक समाजका ललितबहादुर वली शुभाकामना ब्यक्त गर्नुभएको थियो ।
फागण १४ गते महाशिवरात्रिको अवसरपारि शिव महिमा ः आत्म शुद्धि र बिश्व कल्याणको अभियान, बिभिन्न स्थान सम्म मोटरसाईकल रयाली,रक्तदान,दुब्र्यसनी बिरुद्ध समुदायलाई सचेतना कार्यक्रम र सरसफाई कार्यक्रम गरेको छ ।
राजयोगिनी गिता दिदीको अध्यक्षतामा भएको सो अवसरमा उक्त संस्थाको तुलसीपुर प्रमुख ब्रम्हकुमारी उर्मिला दिदीले स्वागत मन्तब्य र कार्यक्रम सञ्चालन ब्रह्माकुमार शिवलाल महतराले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *