ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश अदालतले रोक्यो

माघ ११
जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले यो आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको खबरमा उल्लेख छ ।
यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिनुभएको छ भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *