जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश अदालतले रोक्यो

By Sushil Basnet ११ माघ २०८१, शुक्रबार ०१:१० ११ माघ २०८१, शुक्रबार ०१:१० ११ माघ २०८१, शुक्रबार ०१:१०

माघ ११
जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले यो आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको खबरमा उल्लेख छ ।
यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिनुभएको छ भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गर्नुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *