माघ ९
वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सङ्घीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको बैठकले सुक्खा मौसममा सामुदायिक जङ्गलहरूमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो । समितिकी सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोका कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।
त्यसअघि बैठकमा वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाव दिनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयगत छुट्टै महाशाखा खोलेर जवाफदेही बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौती सामना गर्नुपर्ने स्थिति आउनसक्ने बताउनुभयो ।
काभ्रेको महाभारतमा सामुदायिक वनमा भीषण आगलागी
काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसो २ बाट लागेको आगो लाग्यो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेको हो ।
जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिनुभयो ।
‘बेथानचोक नारायस्थनको डाँडापारी पट्टी डाँडै पिच्छे बलेको देखिन्छ, व्यापक धुवाँ निस्केको थियो ।