भालुवाङ,२५ पुस

सुरक्षित प्रवास तथा मानव बेचबिखन समाधानका लागि भारत र नेपाल बिच नीति निर्माण गर्नुपर्नेमा शुक्रबार राप्ती उपत्यकाका भालुवाङमा जोड दिएको छ ।
सुरक्षित प्रवास तथा मानव बेचबिखन समाधानका लागि भारत नेपाल क्षेत्रीय संवाद परियोजनाको दाङको भालुवाङमा आयोजित गोष्ठीमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।
पूर्वमन्त्री चौधरीले भन्नुभयो, लुम्बिनी प्रदेशका ६ जिल्ला नेपाल भारतको खुल्ला सीमामा रहेको बताउनुभयो । यी ६ जिल्लाको करिव १४३ किलोमिटर खुल्ला रहेकाले सुरक्षित प्रवास तथा मानव बेचबिखन समाधानका लागि दुवै देशले नीति बनाउनुपर्ने बताउनुभयो ।
भारत सरकार पनि यस बिषयमा गम्भीर रहेकाले आगामी दिनमा नेपाल भारत ईण्डो नेपाल भारत क्षेत्रीय संवाद हुने तयारी भईरहेको पूर्वमुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले सीमा क्षेत्रमा खटिएका दुवै देशका सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई ब्यबस्थीत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, यो अबस्थालाई कम भन्दा कम गर्न अपनाउनुपर्ने रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो ।
उद्योग,पयर्टन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले मानव बेचबिखनलाई न्यूनिकरणका लागि सबैभन्दा पहिलो चरणमा बालबालिकाहरुलाई सचेतना दिनुपर्छ । त्यसका लागि पाठ्यक्रममै समाबेश गर्नुपर्छ,उहाँले भन्नुभयो ।
सो अवसरमा योजना आयोगका सदस्य भुवन चौधरी,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेल, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुलसीराम अर्याल,सामाजिक बिकास मन्त्रालयका उपसचिव शारदा बेल्बासे,नेपाल बाल संगठन दाङका अध्यक्ष बिनोद के।सी।,भारतीय प्रतिनिधी उमामा खुसीद लगायतले दुईदेश बिच संयुक्त बैठक बसि समाधान गर्नुपर्नेमा जोड दिनुभयो । बेस संस्थाका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जि आई जेटका प्रतिनिधि डा। प्रकास भटराईले अध्ययन बिश्लेषण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बेस संस्थाका कार्यक्रम निर्देशक पिंकी डाँगीले स्वागत मन्तब्य र सहकिजरण संवाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *