सुशील बस्नेत
दाङ,१६ पुस
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ ले युवा परिचालन गरी दुब्र्यसनी न्यूनिकरणमा लाग्ने योजना बनाएको छ । समुदायमा ब्यापक रुपमा दुब्र्यसनीहरु बढदै गएका कारण युवाहरुलाई परिचालन गर्नुपर्ने अबस्था सृजना भएको वडा अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिनुभयो ।
युवाहरुलाई त्यसका लागि ३ दिन सम्म क्षमता बिकास तालिम पनि दिन शुरु गरिएको उहाँले बताउनुभयो । २६ वटा टोल बिकास संस्थाका झण्डै ५० बढि महिला र पुरुष युवाहरुलाई दुब्र्यसनी हुनुका कारण,यसलाई न्युनिकरण गर्ने उपाय र त्यसका लागि नेतृत्वदायी भूमिका खेल्न कस्ता कस्ता योजना बनाउनुपर्छ भन्ने बारेमा तालिम तथा युवाहरुको क्षमता बिकास गरिने उहाँले बताउनुभयो ।
तालिममा सहभागि युवाहरुलाई शुभकामना दिनुहुदै तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य सीताकुमारी लामिछानेले युवाहरुलाई नै परिचालन गर्नुपर्ने अबस्था सृजना भएको बताउनुभयो ।
सो अवसरमा वडा नम्वर १५ का सदस्य मंगलसेन देवनदेवडाले सचेतना अभिबृद्धि बिना दुब्र्यसनी न्यूनिकरण गर्न नसकिने बताउनुभयो । वडा कार्यालयका लेखापाल भद्रबहादुर खडका र पत्रकार सागर सुबेदीले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तुलसी सामाजिक बिकास केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १५ को आर्थिक सहयोगमा तालिमको मंगलबारदेखि शुरु गरीएको हो । संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको तालिमको प्रशिक्षकमा अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेत लगायत हुनुहुन्छ । उदघाटन कार्यक्रमको सहजिकरण प्रेणा परियारले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *