२५ कात्तिक, काठमाडौं । जन्ममिति विवादमा छानबिन सुरु भएर कैफियत देखिएलगत्तै जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनुभएको छ।

उपरथी पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष बुझाएको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पुगिसकेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँनुभयो । उहाले भन्नुभयो, ‘राजीनामा आएको छ, मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने भएकाले रक्षा मन्त्रालय पठाएका छौं ।’
उपरथी पाण्डेलाई जंगीअड्डाले प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको समाचार प्रकाशन गरेको थियो । उहाको शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएको थियो ।
उहाले अधिकृत क्याडेटमा २०४३ सालमा भर्ना हुँदा जन्ममिति २३ मंसिर २०२३ उल्लेख गर्नुभएको थियो ।
रेका थिए । तर, शैक्षिक प्रमाण पत्रमा जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । विगतमा सेनाभित्र भएका यस्ता विवादमा जुन मितिले पहिले अवकाश हुन्छ, त्यही कायम गरिँदै आएको थियो ।
तर, जंगीअड्डाले जन्ममितिमा ‘कैफियत’ भएका उपरथीलाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी २९ असोजमा बढुवा सिफारिस सूचना प्रकाशित गरेको थियो ।

युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ दिनभित्र बढुवा सिफारिस गर्न भन्दै सूचना प्रकाशित गरेपनि दशैं बिदा, लगत्तै कात्तिक १० गते प्रधानसेनापति प्रभुराम शर्माले गरेको चीन भ्रमण लगायतका कारण फाइल अघि बढेको थिएन ।

उपरथी पाण्डेको परीक्षा नियन्त्रण कार्यालयमा रहेको ढड्डामै केरमेट रहेको र ढड्डामा पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको स्पष्ट देखिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट प्राप्त जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उहाको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै पाण्डेको उमेर घटाइएको छ । उहाको जन्ममिति सच्याइएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख छ ।

जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ मभहिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभएको थियो, ‘पहिले जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ६ वर्ष पुर्‍याइएको छ ।’

उमेर विवादलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो। आयोगका एक अधिकारी भन्छन्, ‘सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत परेका उजुरीका आधारमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका थियौं ।’

विवाद सतहमा आएपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि छानबिनविना बढुवाको फाइल पठाए फिर्ता हुने संकेत जंगीअड्डालाई दिनुभएको थियो ।
त्यसपछि जंगीअड्डामा प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा रहेका रथी सीताराम खड्काको नेतृत्वमा कानूनी मामिला हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापासहित अर्का एक अधिकृत भएको छानबिन समिति गठन भयो ।

स्रोतका अनुसार, छानबिन समितिले पाण्डेको फरकफरक जन्ममिति भएको फरकफरक नागरिकता रहेको तथ्य भेटेको थियो । यसले नागरिकतासम्बन्धी गम्भीर कसूर समेत आकर्षित हुनसक्ने देखिएपछि उपरथी पाण्डे राजीनामा दिनुपर्ने दबाबमा पर्नुभएको हो । यसपछि प्रधानसेनापति शर्माले पनि स्वेच्छिक अवकाशको बाटो नरोजे परिस्थिति थप जटिल बन्ने संकेत गरेपछि उपरथी पाण्डेले राजीनामा दिएको स्रोत बताउँछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *