सुशील बस्नेत
श्रीनगर सल्यान
कर्णाली प्रदेशको विकासका लागि राजनीतिक दलहरु एक ठाँउमा आउनुपर्ने सल्यानको श्रीनगरमा सोमबार सहभागिहरुले बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले जेठ २५ गते सुर्खेतबाट प्रारम्भ भएकोे कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक नागरिक संवाद शुरु भएको थियो । शान्ति समाज सल्यान शाखाका सभापति अंगेश्वर डाँगीको सभापतित्वमा सोमबार सल्यानमा आयोजित नागरिक संवाद कार्यक्रममा सहभागिहरुले राजनीतिक दलहरुलाई राजनीतिक स्वार्थ भन्दा माथि उठि कर्णाली प्रदेशको आर्थिक,सांस्कृतिक ,सामाजिक लगायतको उत्थानका लािग एक्यबद्ध हुन नागरिक समाजका अगुवा बिरबहादुर सेज्वाल र रामचन्द्र रेग्मीले आग्रह गर्नुभयो । मानव अधिकार तथा शान्ति समााजले कर्णालीको सवालमा शूरु गरेको नागरिक संवादलाई सकारात्मक रुपमा लिनुपर्ने र यसमा दलहरुले भोट बैंकको रुपमा नलिन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष सीपी ओली,उद्योग ब्यबसायी राजेन्द्र भण्डारी,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली रावत,नेपाल टे«ड युनियन काग्रेस सल्यानका अध्यक्ष डिल्ली डाँगी,दलित अधिकारकर्मी प्रेमनारायण बिक लगायतले आग्रह गर्नुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृुष्ण बरालले शान्ति समाजले कर्णाली उत्थान र तराईको मेरुदण्डको रुपमा लिईएको हुलाकी मार्गको बिकासमा जोड दिनुभयो । कार्यक्रममा त्रिबेणी गाँउपालिकाका अध्यक्ष खिमबहादुर रावत,सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,मानव अधिकार तथा शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिवद्धय निर्मल नेपाली र प्रकाश शाही,केद्रिय सदस्य तुलसीराम सुनार,दाङ शाखा सभापति कोमल डिसी,सल्यान शाखा सल्लाहकार बिष्णु शर्माले लगायत अल्पकालिन तथा दिर्घकालीन योजनाका साथ कर्णालीको बिकास गर्न सकिनेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाली काग्रेस सल्यानका उपसभापति चक्र देवकोटा, नेकपा माओबादीका हिमाल योगी,राष्ट्रिय स्वतन्त्र पार्टीका पवन देवकोटा,नेकपा समाजबादी पार्टीका राम खडकीले राजनीतिक दलहरुलाई मात्र आरोप प्रत्यारोप लगाउन नहुने बताउनुभयो । शान्ति समाजले तयार पारेको अवधारण केन्द्रिय सदस्य दिल्ली प्रसाद जैसीले प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी कर्णालीको उत्थानमा योगदान गर्न आग्रहसहित दोस्रो चरणको अभियानका क्रममा विभिन्न निकाय÷समुदायको ध्यानाकर्षण गराउँदै नागरिक संवाद कार्यक्रमको थालनी गरिएको छ ।
कर्णालीको उत्थानमा योगदान गर्न आग्रहसहित २०८० पुसमा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैकले पारित गरेको । जसमा कर्णालीको उत्थानमा योगदान गर्न आग्रह गर्दै नेपालको कूल क्षेत्रफलको झण्डै १९ प्रतिशत क्षेत्रफल ओगटेको र १६ लाख भन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशमा जलस्रोत, जडिबुटी, प्राकृतिक संसाधन र पर्यटनको प्रचुर संभावना भएता पनि विकट कर्णाली क्षेत्रका नागरिकहरुको आर्थिक, सामाजिक अवस्था दयनीय छ,प्रस्तुत अवधारण पत्रमा उल्लेख गरीएको छ ।
सडक सञ्जालका रुपमा कर्णाली करिडोरले शिघ्र पूर्णता पाउनुपर्छ । कर्णाली करिडोरलाई उत्तर चीन सिमाना र दक्षिण भारत सिमानासँग जोड्नुपर्ने,कर्णालीमा हवाई सञ्जाल विस्तार गर्नुपर्छ र हवाई भाडा सस्तो हुनुपर्ने,कर्णालीमा रोपवे अर्थात रज्जुमार्गको विकास र विस्तार गर्नुपर्ने,कर्णालीमा जडिबुटी प्रशोधन लगायत औषधी कारखानाहरु स्थापना गर्नुपर्ने अवधकारण पत्रमा उल्लेख छ ।
त्यस्तै,कर्णालीको जलस्रोतको समुचित सदुपयोग गर्नुपर्ने,जैविक विविधताको संरक्षण सदैव उच्च प्राथमिकता हुनुपर्ने,वातावरणमैत्री नीति अवलम्व गर्नुपर्ने,रेडपाण्डा लगायत दुर्लभ, लोपोन्मुख जीव र बहुमुल्य जडिबुटीहरुको संरक्षणका लागि तीनै तहको सरकारले विशेष कार्ययोजना लागू गर्नुपर्दछ भनिएको छ । विभिन्न खाले प्रकोपमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने,प्रकोप जोखिम न्युन भएको सुनिश्चित गरेर मात्र नयाँ बस्ती विकास गर्नुपर्ने र विकट कर्णालीमा गुणस्तरीय शिक्षाको विकास र विस्तारका लागि विशेष कार्ययोजना लागू गर्नुपर्ने,नेपालका नाम चलेका शैक्षिक प्रतिष्ठानहरुले कर्णालीको शिक्षामा समेत योगदान गर्नुपर्नेमा जोड दिइएको छ । त्यसका लागि निश्चित विद्यालयसँग सहकार्यको परम्परा विकास गर्नुपर्ने र सरकारसँगको साझेदारीमा शैक्षिक प्रतिष्ठानहरुको स्थापना र विस्तारलाई बढावा दिनुपर्ने अवधारण पत्रमा उल्लेख गरिएको छ ।

