सुशील बस्नेत
१२ पुस,तुलसीपुर
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई मानसिक,स्वास्थ्य र सामाजिक बिकास सम्बन्धि तालिम दिन शुरु गरीएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ को आर्थिक सहयोग तथा तुलसी सामाजिक बिकास केन्द्रको आयोजनामा तिनदिने क्षमता अभिबृद्धि तालिम दिन शुरु गरिएको हो ।
तालिममा नेतृत्व विकास,नेतृत्व बिकासका लागि सञ्चार सीप,सामाजिक सञ्जालको उपयोग र यसको असर,सामाजिक सेवा र योगदान,तनाव र त्यसको ब्यबस्थापन लगायतका बिषयमा प्रशिक्षण दिन शुरु गरीएको संस्थाका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो ।
आज शुक्रबारदेखि शुरु गरीएको तालिम उद्घाटन कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष भीमबहादुर योगीले बालबालिका तथा किशोर किशोरीहरुका लागि नैतिक शिक्षा अहिलेको आबश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्वर २ का सदस्यहरु मोहनलाल डाँगी, माया सुनार र हुमा घर्तीले तालिमले यी किशोर किशोरीको जिवनमा ठुलो टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
तालिममा सहभागिहरुलाई संस्थाका सचिव सागर सुबेदीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रशिक्षकहरुमा पत्रकार एवम अधिकारकर्मी सुशील बस्नेत,सुष्मा गिरी,स्वास्थ्कर्मी बिमल केसी,सन्तोष परियार लगायत हुनुहुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *