कात्तिक १९ गते
भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने क्रम बढ्दै गएपछि रोक्न भन्दै फेरि अध्ययन सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा यसबारे अध्ययन सुरु भएको हो ।
तत्कालीन महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको नेतृत्वमा कार्यदल बनेको थियो । उहाँ सरुवा भएपनि महाशाखा प्रमुख तोकिएका सहसचिवले यसबारे अध्ययन अघि बढाउने श्रम मन्त्रालयले जनाएको छ ।
श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार भिजिट भिसामा अवैध रुपमा श्रमिक जाने र उहाहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य हुनुपर्ने क्रम नरोकिएपछि व्यवस्थित गर्नेबारे सुझाव लिन कार्यदल बनेको हो । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा भिजिट भिसामा जाने श्रमिकको संख्या ठूलो छ । कुवेत, बहराइन लगायतका देशमा पनि यस्तो समस्या छ ।
सरकारले भिजिट भिसमा श्रमिकलाई जाने अवस्था बन्न नदिन थप कडा व्यवस्था लागु गर्न खोजेको हो । तर, विगतदेखि नै भिजिट भिसामा जानेमाथि अन्याय हुने गरी कडा व्यवस्थाहरु नगर्न सरकारमाथि दबाब छ ।
मानवअधिकारप्रति प्रतिबद्ध मुलुकले भिजिट भिसामा जान पनि सरकारका कसिला शर्त मान्नुपर्ने अवस्था नबनाउन मानवअधिकारवादीले ध्यानाकर्षण गराउादै आएका छन् । तर, सरकार श्रमिक भिसाको प्रलोभनमा पारेर भिजिट भिसामा श्रमिक पठाउन नदिने गरी कडा नियम लाग गर्ने पक्षमा छ ।
कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् ।
भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।
तर, भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसैले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् । यसकै कारण यूएईमा आत्महत्या गर्ने नेपाली श्रमिकको संख्या बढेको मिडिया रिपोर्टहरु आइरहेका छन् ।
सरकारले भिजिट भिसामा पठाउने दलाल र गिरोहविरुद्ध प्रभावकारी कदम चाल्न सकेको छैन । यसका कारण प्रलोभनमा पारेर युवालाई विदेश पु¥याउने क्रम बढ्न थालेको छ ।
खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् ।
भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै

