चण्डिपाठका साथमा दुधेनामा रामकथामा आधारित रामलीला

By Sushil basnet १६ आश्विन २०८१, बुधबार ०६:१५ १६ आश्विन २०८१, बुधबार ०६:१५ १६ आश्विन २०८१, बुधबार ०६:१५

सुशील बस्नेत
तुलसीपुर,१६ असोज श्रीकृष्णमन्दीर तुलसीपुर ८ दुधेनामा भोली असोज १७ गते घटस्थापनादेखि श्री सप्तसति चण्डिपाठ तथा श्रीमद् बाल्मिकि श्रीराम कथा वाचन हुने भएको छ ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाका अनुसार अष्टमीका दिन सम्म (देवी भागवत) पारायण एवं संन्ध्याकालीन श्रृंगारिक महा आरती तथा बिबिध सांस्कृतिकार्यक्रम हुने छ ।
स्वामी श्री केशवाचार्य(सुर्यपाकि) महाराजको संरक्षकतत्वमा भागवताचार्य गुरुदेव पं. कोमल उपाध्याय ज्यूले श्री सप्तसति चण्डिपाठ तथा श्रीमद् बाल्मिकि श्रीराम कथा (देवी भागवत) पारायण वाचन गर्नुहुने अध्यक्ष सापकोटालले बताउनुभयो ।
उक्त अवसरमा संन्ध्याकालीन श्रृंगारिक महा आरती पनि आयोजना हुने छ । भने राष्ट्रिय स्तरमै ख्याती प्राप्त कलाकाहरको साथमा हुने संगीतमय लिलामय श्रीमद् भागवत श्रीराम कथा(देवी भागवत) पारायण वाचन– प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजे सम्म, दिउसो १ बजेदेखि अपरान्ह् सम्म – रामलिला सम्बन्धि झाँकी ,बेलुकी ६ बजेदेखि संन्ध्याकालीन महाआरती,धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम एवं समापन गरिने धार्मिक गुरु खगेन्द्र बस्यालले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *