३ दिनको भिषण बर्षाका कारण मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना बेपत्ता

By Sushil basnet १४ आश्विन २०८१, सोमबार ०५:५४ १४ आश्विन २०८१, सोमबार ०५:५४ १४ आश्विन २०८१, सोमबार ०५:५४

काठमाडौं,१२ असोज
गत असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार आज सोमबार बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।
यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।
३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *