असोज १२
अविरल वर्षासँगै बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता छन् ।
६० जना घाइते भएका गृह मन्त्रालयले जानकारी गराएको छ ।
शनिबार साँझ ६ बजेसम्मको विवरणानुसार, सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासमा क्षति पुगेको छ । बाढीपहिरो र डुबानको जोखिममा रहेका मानिसको उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच विपदको यस घडिमा सबैजना हरेक ठाउबाट सहयोगलाई उठन सरकारले आह्ववान गरेको छ | त्यस्तै भोली देखि तिन दिन शैशिक संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ |