काठमाडौं, भदौ २०
नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतमा नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ।
बिहीबार दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश जारीर गर्ने विषयमा छलफल हुन लागेको हो। उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए। प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए।
एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराउनुभएको थियो ।
गत बिहीबार यस विषयको सुनुवाइ न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको थियो। उक्त इजलासले अन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको हो।
उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लाग्नुभएको छ । प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ। प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ। यस्तो व्यवस्था ऐनमै हुनुपर्ने उहाहरूको माग छ।
एआइजी ज्ञवालीसहित ५ जनाको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा

