काठमाडौं, भदौ ११
नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध हुनुभएको छ । अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उहाको मात्रै उम्मेदवारी रहेको छ। यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन।
जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो। जसमा ६७ जनाले उम्मेदवारी दिएका छन्। केही पदमा उम्मेदवारी फिर्ताको क्रम चलिरहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिनुभयो।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो। त्यस्तै पोलिटब्युरो सदस्यका लागि पनि निर्वाचन भइरहेको छ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

