चुरे पहाडको नजिकमा रहेको सर्युगंगा अर्थात बबई नदिघाटको झुलुङेपुृल यसबर्षको सुरुवातदेखि एक्कासी चर्चामा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुरदेखि दंङगीहरण गाँउपालिकाको सरुवाडाँडा आवतजावत गर्न गत बर्ष झुलुङे पुल निर्माण भएको थियो ।
हाट जाने हटारुहरुले प्रयोग गर्ने दक्षिण तर्फको चुरेपहाडको तिलकन्या छेउवाट देश ( भारत),भुरान( बाँके,बर्दिया,कैलाली र कञ्चनपुर) जाने र नेपालगन्ज गई नुन तेल डोकोमा बोकेर आवतजावत गर्ने झण्डै ३० बर्ष अघिको सोही बाटोमा बनेको झुलुङेपुल २१ औं शताब्दीको यो समयमा चर्चामा आएको छ । स्थानीय ७८ बर्षिय गौतिया चौधरीले भन्नुहुन्छ,आफुले थाहँ पाए सम्म नेपालगन्ज सम्म हिडदै वा घोडा सवारी साधनबाट आवतजावत गर्ने मोतिपुरको हटारुको मार्गको झुलुङे पुल हेर्न आउने र मनोरञ्जन लिने आन्तरिक पर्यटकको ठुलो घुईचो लाग्छ । दैनिक एक हजार भन्दा बढि मानिस देशका बिभिन्न स्थानबाट पुल हेर्ने र मनोरञ्जन लिने गरेका छन्,मोतिपुरका गाँउका महतवा धनविर चौधरीले भन्नुहुन्छ ।
स्थानीयहरुलाई बर्षातको समयमा बबई वारपार गर्न निकै समस्या हुन्थ्यो, मात्र आवतजावतको लागि झुलुङेपुल निर्माण गरिएको हो तर पुलले मात्र होईन यसको तस्बीरले सौन्र्दयाता बढाएको छ, उहाँ भन्नुहुन्छ । तुलसीपुरको मोतिपुर र दंङगीशरणको सरुवाडाँडालाई जोड्ने काम मात्र भएन, स्वच्छ हावा,बबई नदिमा पानीको स्वच्छन्दता, ठुलो क्षेत्रमा छेउमै रहेको मोति सामुदायिक बन र नदि नियन्त्रका लागि बनाइएको ड्यामले तस्बीर खिच्न आउनेको प्रत्येक दिन घुईचो लाग्ने गर्छ । सफा पानीमा अस्ताउदै गरेको सुर्यको तस्बीर लिन कयौ समयदेखि आन्तरिक पर्यटकहरु पर्खेर बसेका हुन्छन्, स्थानीय मोहन बस्नेतले बताउनुभयो ।
दिनहुँ मानिसहरुको आवतजावत बढे सँगै बबईनदिको घाट( किनारा)मा फोहरको डंङगुर पनि थुप्रिएको छ । स्थानीयहरुले एक्कासी पर्यटकिय स्थलको रुपमा चर्चामा आएपछि झुलुङेपुल क्षेत्रलाई सुरक्षित,संरक्षित र विकासका लागि योजना बनाउन भ्याउ पाउन नसकेको भनाई छ । दैनिक एक हजार बढि पर्यटक आउने जाने भएको चालपाएको स्थानीय सरकारले पनि खासै चासो दिएको छैन,स्थानीयबासीले भन्छन् । आफ्नो पालिकाको अलि बिकट क्षेत्रको चर्चा एक्कासी आउदा सम्म आगामी बर्षको बजेटबाट सम्बोधन गरि बढि भन्दा बढि पर्यटकको आवागन हुने र आर्थिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने योजना बनाउने स्थानीय सरकारको दायीत्व हो, तर चाल नपाएको माल झै हुदै गएको पर्यटन प्रबद्र्धनका बिश्लेषकहरुको बुझाई छ । थारु समुदायको बाहुल्यता भएको मोतिपुरमा थारु संस्कृति, थारु खानपीन,भेषभुषालाई पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भने खोतियोग्य जमिन र सिचाईको धनी मोतिपुरमा उत्पादन गरिएको मौसमी तथा बेमौसमी खाद्यन्न,तरकारी तथा फलफुलको उत्पादनमा बृद्धि गरि पर्यटकहरु माझ बिक्रि बितरण गरि आर्थिक सम्बृद्धिमा स्थानीय तथा प्रदेश सरकारले अवसरका रुपमा लिन सक्छ । अव भने, आर्थिक बर्षको बजेट तथा कार्यक्रममा भाईरल मोतिपुरको झुलुङेपुल समेटिएला त्यो भने हेर्न बाँकी छ ।
सुशील बस्नेत
(तुलसीपुर ११ मोतिपुर निवासी)