Thu. May 7th, 2026

सुशील बस्नेत
तुलसीपुर,२३ जेठ
केशवराज झुपा कुमारी बृद्ध आश्रम तुलसीपुरमा अधिकारकर्मीले बिरुवाको गोड मेल गरेका छन् । बिश्व बाताबरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले बिगतमा रोपीएका बिभिन्न प्रजातीका बोट बिरुवालाई गोडमेल गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ स्थीत बृद्ध सेवा समितिले २०७१ साल देखि संचालनमा ल्याएको केशवराज झुपाकुमारी बृद्ध आश्रम परिसरमा शान्ति समाजले बृक्षरोपन गरेको थियो ।
२०७६ सालमा दाङको तुलसीपुरमा आयोजना भएको मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद् बैठकका अवसरमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतले केन्द्रिय पदाधिकारी तथा समितिले उक्त बृद्ध आश्रममा बिभिन्न प्रजातीका रोपेका बिरुवालाई गोडमोल गरि बाताबरण दिवस मनाईएको समाज दाङका कार्यबाहक सभापति कोमल डिसीले जानकारी दिनुभयो ।
बृक्षलाई गोममेल पछि आयोजित साता ब्यापी कार्यक्रमको समापन गरिएको थियो । समापन कार्यक्रममा बृद्धसेवा समिति जेष्ठ नागरिक समाजका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी र मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले सम्बोधन गर्नुभएको थियो ।
शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
जेठ १९ गते २८ औ स्थापना दिवसको अवसरमा नागरिक संवाद गरेको शान्ति समाजले बबई नदि घाट सरसफाई,दुब्र्यसनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम,रक्तदान,भ्रष्टाचार बिरुद्ध प्रर्दशन लगायतका ९ बढि कार्यक्रम गरि मनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *