दाङ,१५ जेष्ठ

महालेखा परीक्षकको ६१औं प्रतिवेदनले दाङका स्थानीय तहमा बेरुजु देखाएको छ । १० वटै पालिकामा २१ अर्ब छ करोड ७० लाख ३४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६३ करोड ६१ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ ।
लेखापरीक्षण गरिएको रकमको आधारमा सबैभन्दा बढी राजपुर गाउँपालिकामा ४ दशमलव ५४ प्रतिशत बेरुजु देखिएको छ । लमही नगरपालिकामा ३ दशमलव ८९ प्रतिशत, गढवा गाउँपालिकामा ३ दशमलव ६५ प्रतिशत, बंगलाचुली गाउँपालिकामा ३ दशमलव २५ प्रतिशत, तुलसीपुर उपमहानगरपालिकामा ३ दशमलव १६ प्रतिशत बेरुजु देखिएको छ । शान्तिनगर गाउँपालिकामा २ दशमलव ८५ प्रतिशत, राप्ती गाउँपालिकामा २ दशमलव ६६ प्रतिशत, घोराही उपमहानगरपालिकामा २ दशमलव ६८ प्रतिशत, बबई गाउँपालिकामा १ दशमलव ८८ प्रतिशत र सबै भन्दा कम दंगीशरण गाउँपालिकामा १ दशमलव ८३ प्रतिशत बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले बेरुजुलाई हिनामिना र हानि नोक्सानी पारेको, अनियमित भएको, प्रमाण कागजात पेश नभएको, जिम्मेवारी नसारेको, सोधभर्ना नलिएको, पेश्की फछ्र्यौट नगरेको र अन्य असुल गर्नुपर्ने भनी वर्गीकरण गरेको छ । सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकम नै बेरुजु हो । प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गर्दा, राख्नुुपर्ने लेखा नराख्दा, बेमनासिब तरिकाले आर्थिक कारोवार गर्दा वर्षेनि बेरुजु बढ्ने गरेको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा घोराही उपमहानगरपालिकाको पाँच अर्ब तीन करोड ९५ लाख ५२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १३ करोड ४९ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाको चार अर्ब १९ करोड ६७ लाख २७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १३ करोड २४ लाख ७१ हजार रुपैयाँ बेरुजु देखिएको छ । लमही नगरपालिकाको दुई अर्ब १३ करोड ७० लाख ४३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा आठ करोड ३१ लाख ३३ हजार, गढवा गाउँपालिकाको एक अर्ब ७५ करोड ९७ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा छ करोड ४२ लाख ३२ हजार, दंगीशरण गाउँपालिकाको एक अर्ब १७ करोड ४३ लाख १४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड १४ लाख ४८ हजार, बंगलाचुली गाउँपालिकाको एक अर्ब २९ करोड १६ लाख ३० हजार रुपैयाँको लेखा परीक्षण गर्दा चार करोड २० लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बबई गाउँपालिकाको एक अर्ब ३४ करोड ३३ लाख ५२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ५२ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ । राजपुर गाउँपालिकाको एक अर्ब १० करोड ३३ लाख ३५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा पाँच करोड ४९ हजार रुपैयाँ बेरुजु देखिएको छ । राप्ती गाउँपालिकाको एक अर्ब ८३ करोड ९० लाख ८५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा चार करोड ८९ लाख ५२ हजार र शान्तिनगर गाउँपालिकाको एक अर्ब १८ करोड २२ लाख ४७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा तीन करोड ३६ लाख ६५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

अघिल्लो वर्ष

महालेखा परीक्षकको ६१ औ प्रतिवेदनले आर्थिक वर्ष २०७८÷०७९ मा दाङका १० वटै पालिकामा १९ अर्ब २९ करोड सात लाख ११ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ७२ करोड ९७ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको थियो । गत वर्षको महालेखाको प्रतिवेदनले तुलसीपुर उपमहानगरपालिकामा २३ करोड ९१ लाख ३७ हजार रूपैयाँको बेरूजु रहेको देखाएको थियो । घोराही उपमहानगरपालिकामा १३ करोड ६१ लाख एक हजार बेरूजु रहेको महालेखाको प्रतिबेदनले देखाएको थियो । लमही नगरपालिकामा सात करोड ३८ लाख ३१ हजार बेरूजु देखिएको थियो ।

त्यस्तै दंगीशरण गाउँपालिकामा दुई करोड १२ लाख ११ हजार, बबई गाउँपालिकामा दुई करोड ४१ लाख ५८ हजार, शान्तिनगर गाउँपालिकामा दुई करोड ५९ लाख ३४ हजार, बंगलाचुली गाउँपालिकामा पाँच करोड २५ लाख १६ हजार, गढवा गाउँपालिकामा छ करोड ८४ लाख २६ हजार, राजपुर गाउँपालिकामा पाँच करोड ४६ लाख ४४ हजार र राप्ती गाउँपालिकामा तीन करोड ३७ लाख ८१ हजार बेरूजु रहेको ६० औं प्रतिवेदनले देखाएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *