ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

सुशील बस्नेत
तुलसीपुर,२९ बैशाख

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन शूरु हुदैछ । ३ बर्ष कार्यकालको लागि बैशाख २९ गते बिहान ८ बजेदेयखि शुरु हुन लागेको निर्वाचन स्थानीय तहको निर्वाचनको झझल्को आउने गरि भईरहेको छ ।
संघको नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन् । राजनीतिक दलको सिफारिसमा उम्मेदावरी दर्ता गराएका छन् । दलबाटै उम्मेदावरीको सिफारिस हुने पछिल्लो पटकको कारणले कुन दलले चुनाव जित्छ भन्ने हेर्न बाँकी नै छ ।
बर्तमान महासचिव बिनिल केसीको नेतृत्वलाई नेपाली काग्रेसले समर्थन गरेको छ । बर्तमान उपाध्यक्ष ललितजंग शाहको नेतृत्वलाई बिभिन्न राजनीतिक दलहको समर्थन रहेको छ । काग्रेसले आधिकारीक उम्मेदवारको रुपमा अध्यक्ष पदमा बिनिल केसी, बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसीलाई अगाडी सारेको छ । सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काग्रेसबाट आधिकारीक उम्मेदावारको अपेक्षामा रहेका तर आधिकारीक रुपमा अध्यक्ष पदको उम्मेदावर नबनाएका कारण असन्तुष्ट बनेका ललितजंग शाहले आफुलाई बिभिन्न राजनीतिक दलको समर्थन जुटाई साझा व्यवसायीक प्यानलको अध्यक्ष पदमा उत्रनुभएको छ । शाहको नेतृत्वमा नेकाि एमाले,नेकपा माओबादी केन्द्र,राप्रपा,एकिकृत समाजबादी पार्टी, जसपा लगायतको समर्थन रहेको छ । केसी र शाह बिच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने आकल गरिएको छ ।
शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष खुल्लामा डिल्ली बहादुर वली माओबादी, उपाध्यक्ष वाणिज्य नरेश कुमार राज भण्डारी नेकपा एमाले, उपाध्यक्ष उद्योगमा विश्व बस्नेत नेकाले उम्मेदावरी दर्ता गराउनुभएको छ ।
कोषाध्यक्षमा शेषकान्त ढकाल माओबादी, महासचिवमा नरेन्द्र कुमार डाँगी नेकपा एमाले, सचिवमा भुपाल रावत राप्रपा, सह–कोषाध्यक्षमा किशोर कुमार वली नेका रहनुभएको छ ।
तुलसीपुर बाणिज्य संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार प्रयोग गदैछन् ।
नयाँ नेतृत्व चुन्न आज बैशाख २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचनको परिवेक्षणका लागि मानव अधिकार तथा शान्ति समाजलाई निर्वाचन कमिटिले आग्रह गरे बमोजिम परिबेक्षणको कार्य समेत शुरु गरिएको निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *