ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

गरिवी घर बिबरणको तुलसीपुर समते ७ पालिकाबाट गणनाको विवरण अझै मन्त्रालयमा पुगेन

काठमाडौं,२१ चैत

१० बर्ष अघि देखि २३ जिल्लाबाट सुरु भएको गरिब घर परिवार गणना अहिलेसम्म सकिएको छैन । सरकारले गरिब घर परिवार गणना २०७० जेठदेखि गरेको थियो ।
देशभरिका ७ पालिकाबाट गणनाको विवरण अझै नआएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश काठमाडौं महानगरपालिका, सप्तरीका अग्निसाइर कृष्ण सवरन, महादेवा, तिरहुत र छिन्नमस्ता गाउँपालिका, धनुषा औरही गाउँपालिका तथा दाङ तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म गरिब घर परिवारको गणना विवरण आएको छैन ।
‘मन्त्रालय श्रोतका अनुसार धेरै अगाडी नै गणना सकिने पर्नुपर्ने हो तर अझै हुन सकेन केही पालिकाले गणकहरू नै नियुक्त गरेका छैनन् । पालिकाहरूले नियुक्त गरेका गणकलाई मन्त्रालयले तालिम र बजेट नै दिन्छ,’ ‘तर, नियुक्त नभएकै कारण गणना ढिला भइरहेको हो ।’
गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले चालु आर्थिक वर्ष २०८०।८१ मा पनि गरिब घर परिवार गणनाको काम गर्न नसकिने बताउनुभयो ।
सरकारले २०६९ मा गरिब घर परिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका जारी गरेर समन्वय बोर्डमार्फत २०७० सालबाट गरिब घर परिवार गणना सुरु गरेको थियो ।
२०७४ देखि उक्त बोर्ड मन्त्रालयमा गाभिएर मन्त्रालयले स्थानीय तहमार्फत गणनालाई निरन्तरता दिए पनि अहिलेसम्म नसकिएको हो ।
गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार बाँकी पालिकाको गणना गरेपछि तथ्यांक संकलनको काम सकिने छ ।
‘हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचयपत्र नवीकरण गरिएको छैन ।
उहाका अनुसार गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचयपत्रका आधारमा हुनेछ । दीर्घ रोग उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचयपत्रका आधारमा हुनेछ ।
मन्त्रालयले विवरण आइनसकेको बताएपनि दाङको तुलसीपुर उपमहानगरपालिकाले भने गणकहरुबाट तथ्यांक संकलन गरेर मन्त्रालयमा विववरण पठाइसकेको दाबी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले मन्त्रालयलाई गरिब घरपरिवारको तथ्यांक फागुन मसान्तमै बुझाइसकेको दाबी गर्नुभयो । तर मन्त्रालयबाट अन्तिम सर्वेक्षण रिपोर्ट आएको छैन ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *