ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौँ — राजनीतिक परिवर्तन भएसँगै स्थगित भएको लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’भारतमा हुने भएको छ । नेपालमा संघीय सरकारमा आएको फेरबदलसँगै रोकिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ अब भारतको नयाँदिल्लीमा सोही मितिमा हुने भएको हो । उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा फागुन २८ र २९ मा लुम्बिनीमा हुन लागेको थियो । अब नयाँदिल्लीमा भने फागुन २८ मा हुनेछ । लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनले मंगलबार बेलुकी एक विज्ञप्तिमार्फत उक्त कार्यक्रम नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण नयाँदिल्लीमा गर्न लागिएको जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उक्त कार्यक्रम अब लरियट्स एन्ड लिडर्स फर चिल्ड्रेनकै सचिवालयले गर्न लागेको जानकारी दिनुभयो । ‘कार्यक्रमका लागि केही व्यक्ति नयाँदिल्ली आइसकेका थिए । त्यसैले सचिवालयले नै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो,’ उहाले भन्नुभयो, ‘नेपालमा हुन लागेको कार्यक्रम स्थगित हुनु हाम्रा लागि दुःखद हो ।’ संघमा सत्ता गठबन्धनमा कांग्रेस नरहने भएपछि मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्ले कार्यक्रम स्थगित गरेको थियो । अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा सम्मेलनमा सहभागी हुने भनिएका विशिष्ट व्यक्तिहरूको आगमन पनि रोकिएको थियो । कतिपय सहभागी नयाँदिल्ली आइसकेका थिए । यो कार्यक्रम स्थगित भएकामा नेपालको अन्तर्राष्ट्रिय छविमा असर परेको छ । सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो । नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रतिनिधि, विश्वव्यापी नीति निर्माता र युवा नेतासहित ३ सयभन्दा बढी विज्ञ पनि सहभागी हुने तयारी थियो । ‘कतिपय विदेशी अतिथि भारतको नयाँदिल्ली आइसकेका थिए । प्रदेश सरकारको असोज १८ र संघीय सरकारको कात्तिक २ को निर्णयअनुसार सम्मेलन हुने तय भएको थियो । कार्यक्रमलाई नीति तथा कार्यक्रममै समावेश गर्नुका साथै प्रदेश संसद्बाट पास भएको बजेटमा स्रोत छुट्याइएको थियो । प्रदेशको चालु आर्थिक वर्षको बजेटमा कार्यक्रमका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो । आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लिस्टेका राष्ट्रपति जोजे मामोस होर्ता ९१९९६०, जोडी विलयम्स ९१९९७०, सन् २०११ का संयुक्त विजेता लेमाह ग्बोवी र तावाक्कोल कर्म्यान सहभागी हुने निश्चित भइसकेको थियो । सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस ९१९९३०, रसायनशास्त्रका नोबेल विजेता एरी वार्सनल ९२०१३० पनि लुम्बिनी आउने भएका थिए । सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अलि विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन टुंगोलगायत पनि लुम्बिनीमा आउने तय भएको थियो । दुईदिने कार्यक्रममा हुने विभिन्न सत्र र वक्ताहरूको पनि टुंगो लगाइएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *