ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

२३ फागुन, काठमाडौं ।

गठबन्धन सरकारमा ८ वटा मन्त्रालय पाएको नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
एमाले श्रोतका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्दै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनुहुने पक्कापक्की छ ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसस्नुभएको छ भने अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनुहुने छ ।

माओबादीले मन्त्रीको नामावली तयार

नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ ।
माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नुहुने छ ।

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

गठबन्धनको अर्को दल जनता समाजबादी पार्टीले भने नामावली अझै तय गर्न सकेको छैन ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *