पुजा गुप्ता
तुलसीपुर,१० आश्विन
साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औ बार्षिक साधारण सभा तथा ७ औ अधिबेशन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । साधारण सभामा बर्ष दिनमा गरिएको आर्थिक कारोवार समेत प्रस्तुत गरिएको थियो ।आर्थिक बर्ष २०८२/८३ भित्र संस्थाले तीन करोड ८४ लाख ३ हजार ३ सय ३ रुपैया बराबरको आर्थिक कारोवार गरेको छ । गत आर्थिक बर्ष २०८१/८२ मा शेयर पूजी ९४ लाख ३६ हजार ६ सय रुपैया र चालु आर्थिक बर्ष २०८२/८३ मा सदस्यहरुबाट ९ लाख ९४ हजार ८ सय थप भई १ करोड ४ लाख ३१ हजार ४ सय पुगेको छ ।
संस्थामा आर्थिक बर्ष २०८१÷८२ मा २ करोड ३२ लाख ३२ हजार ६ सय ३५ र चालु आर्थिक बर्ष २०८२/८३ मा ४ करोड ७५ लाख ३८ हजार ८ सय ५२ बचत संकलन गरी ७ करोड ७ लाख ७१ हजार ४ सय ८७ हजारमा बर्षको अन्तमा ४ करोड ६१ हजार ३१ हजार २ सय ७३ रुपैया फिर्तागरी २ करोड ४६ लाख ४० हजार २ सय १४ रुपैया बाँकी रहेको छ ।
ऋण लगानी तर्फ गत आर्थिक बर्ष २०८१/८२ को बाँकी कर्जा ३ करोड १८ लाख ४१ हजार ८ सय २५ रुपैया र यस आर्थिक बर्ष २०८२/८३ मा लगानी रु. ३ करोड ६२ लाख ५४ हजार ८ सय ६६ रुपैया गरी जम्मा रुपैया ६ करोड ८० लाख ९६ हजार ६ सय ९१ मा लगानी बाट ३ करोड ४६ लाख ६३ हजार २० रुपैया असुली गरी लगानीमा बाँकी ऋण ३ करोड ३४ लाख ३३ हजार ६ सय ७१ रुपैया रहेको कोषाध्यक्ष पदम ज्ञवालीले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष बाशुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का पूर्व वडा अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरीएको थियो ।
सम्मानीत हुनेहरुमा महिला जेष्ठ सदस्य चमेली सर्केनी,पुरुष जेष्ठ सदस्य जनार्दन शर्मा, असल ऋणि मनोजकुमार चौधरी, अशल बचतकर्त कान्ति शर्मा, १२ पास गरेका संस्थाका शेयर सदस्य सदस्यका छोराछोरी मध्येबाट प्रकाश रोका र प्रहर्ष शर्मा हुनुुहुन्छ ।
त्यस्तै सोअवसरमा संस्थाका संस्थापक अध्यक्ष बिष्णुप्रसाद शर्मा, सेयर सदस्यहरु उषा गौतम र गोपाल शर्मा भट्टराईले शुभकामना मन्तब्य ब्यक्त गर्नुृभएको थियोे ।
शेयर सदस्य टोपबहादुर महतराको स्वागत मन्तब्य बाट शुरु गरीएको कार्यक्रममा सांगठनिक प्रतिबेदन सचिव भिमलाल मरासीनी र कोषाध्यक्ष पदम ज्ञवालीले प्र्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिमलाल मरासीनीले गर्नुभएको थियो ।

