प्रबृत्ती शाह
चखौरा दाङ, २५ बैशाख
बाल बिबाह ,बालयौन दुब्र्यवहार तथा बालबालिका ओसारपसार रोकथाम र बाल अधिकार सम्बन्धी नेपाल प्रहरीसंग समन्वय,साझेदारीका लागि अन्तरक्रिया कार्यक्रम बिहीबार चखौरा दाङमा सम्पन्न भएको छ ।
बेस संस्थाको आयोजनामा भएका कार्यक्रममा बाल बिबाहमुक्त समाज निर्माण गर्न र सरोकारवाला बीच समन्वय र सहकार्य प्रबद्र्धन गर्नुपर्ने, बाल बिबाह,बालबालिकाको ओसार पसार,बाल यौन दुब्र्यवहार र समाजिक सञ्जालबाट हुने दुब्र्यवहार तथा हिंसाको अबस्थता बारे छलफल गरी बिद्यमान कानून र नीतिको प्रभाबकारी कार्यान्वयन गरी बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्बर्धन गर्न सहयोग पुरयाउनुपर्ने र बाल बिबाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यन्वयन कार्ययोजना कार्यान्वयनका लागि नेपाल प्रहरीसंगको सहकार्य र साझेदारी बढाउन सहयोग पुरयाउने अन्तरक्रिया कार्यक्रमको मुल उदेश्य रहेको बेसका निर्देशक पिंकी डाँगीले जानकारी दिनुभयो ।
त्यसअवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले लुम्बिनी प्रदेशमा बाल बिबाहको अबस्था,कानून कार्यान्वयनमा प्रहरीको भूमिका र समन्वय बारे जानकारी गराउनुभएको थियो । भने उच्च अदालत बार तुलसीपुरका अध्यक्ष मधुसुदन गौतमले बाल बिबाह न्यूनीकरणको लागि कानुनी प्राबधान र नीति,ऐन,कार्यान्वयनको अबस्था बारेमा जानकारी गराउनुभएको थियो ।
लुम्बिनी प्रदेशका ६ जिल्लाका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक देखि महिला तथा बालबालिका सेलमा कार्यरत बरिष्ठ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, बरिष्ठ हवलदार,हवालदार र जवान गरी २८ जनाको सहभागिता रहेको थियो ।
त्यसअवसरमा आएका सवाललाई बिश्लेषण गर्न संवाद गरिएको थियो । बालबिबाहका घटनाको उजुरी दर्ता र तथ्यांकमा कमि किन, कानूनको समानुकुल संशोधन, कानून कार्यान्वयनमा चुनौतिका बारेमा संवाद समेत गरिएको थियो । त्यसअघि लुम्बिनी प्रदेशसभाका सदस्य एबम संसदीय मामिला मञ्चकी संयोजक धनलक्ष्मी श्रेष्ठ,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक शारदा प्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रेशम बोहरा लगायतले बाल अधिकार,बाल बिबाह न्यूनिकरण र बाल संरक्षणका बारेमा चर्चा गर्र्नुभएको थियो ।
बेस संस्थाका महासचिव लोकजंग चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा बेसका निर्देशक पिंकी डाँगीले संस्थाको परिचय र हाल सम्म गरिएका कार्यका बारेमा जानकारी गराउनुभएको थियो । उद्घाटन सत्रको सञ्चालन पत्रकार गोपाल शर्मा भट्टराई र संवाद सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
बालबिबाह अन्त्यका लागि संवाद

